कांग्रेस लुम्बिनीमा एक उपसभापति बाहेक सस्थापन इतरको प्यानल बिजयी

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा एक उपसभापति बाहेक सस्थापन इतर (कोइराला/पौडेल) समुहका अमरसिंह पुन समुहको प्यानल बिजयी भएको छ।
सभापतिमा पुनले ८५२ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी सस्थापन(देउवा) समुहका भरतकुमार शाहले ७ सय ६७ मत ल्याए । पुन र शाहबीच ८५ मतको अन्तर छ ।

पुन समुहले अग्रता लिएपनि अन्तिम समयमा उक्त समुहका उप-सभापति अष्टभुजा पाठक झिनो मतले पछाडि परे। पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल बिजयी भयो ।

उप-सभापतिमा पुन समुहका भुवनप्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७  मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। पाठकले ७७२ मत पाएका छन्। उनी २० मतले पराजय भोगेका छन्।

महामन्त्रीमा पनि पुन समुहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिए।

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय बिजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्। महिला सहमहामन्त्रीमा निमा गिरी बिजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन् । लुम्बिनी प्रदेशमा कूल १ हजार ६ सय ३१ मत खसेको थियो।

२० मंसिर २०७८ मा प्रकाशित
Nabintech