सशांकले सभापतिमा दाबी छाडे

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सभापतिमा दावी छाडेका छन्।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार भएको संस्थापनइतरका सभापतिका आकांक्षीहरुको बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका हुन्।

संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेल, सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापतिमा दावी गर्दै आएका थिए। सशांक पछि हटेसँगै सभापतिको आकांक्षीको संख्या चारबाट तीन भएको छ।

आज सभापतिका चार आकांक्षीसहित पौडेल पक्षीय केन्द्रीय सदस्यसमेत सहभागी थिए। उक्त समूहका युवा नेताहरुले चार नेताहरुलाई सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै आएका छन्।

यस्तै मंगलबार कार्यकर्ताहरुले जसरी पनि साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीमा प्रदर्शनसमेत गरेका थिए।

२१ मंसिर २०७८ मा प्रकाशित
Nabintech