रानागाउँका एक युवकको अमेरिका पुग्ने सपना दुवईमा अस्तायो

पिपलबाेट संवाददाता


दाङ तुलसीपुर ३ रानागाउँका अन्दाजी २२ बर्षिय साहिल बोहराको अमेरिका पुग्ने सपना अधुरै भएको छ । उनी गत भदौमा अमेरिका जाने भनेर साथीहरु संग घरबाट निस्कीएका थिए । तर अमेरिका नपुग्दै उनको सोमवार दुवईमा अचानक निधन भएको छ । दुवैमा साथी संगै हिडीरहेका उनी एक्कासी वेहोस भएर लडेपछि अस्पताल लगीएको र अस्पताल लगे लगतै चिकित्सकले मृत घोषणा गरेको खवर घरपरिवारलाई आएको उनका आफन्तीले जानकारी दिएका छन् । घटना बारे उनका साथीहरुले घरपरिवारलाई खवर गरीदिएका थिए ।

अमेरिका जाने सपना बोकेर विदेशीएका उनको त्यहा नपुग्दै निधन भएको छ । उनी संगै रक्षाचौरका अन्य दुई जना उनका साथीहरु पनि गएका छन् । आफु संगै गएका साथीको निधन भएपछि उनीहरु समस्यामा परेको मृतकका आफन्तीले बताएका छन् । उनीहरु अवैधानिक रुपमा अमेरिका जान लागेका थिए । अहिले सम्म लाखौ रकम खर्च भईरहेको बताईएको छ । मृतकको शवलाई नेपाल ल्याउनका लागी एजेन्ट संग सम्पर्क भईरहेको पनि ती आफन्तीले तुलसीपुर खवरलाई जानकारी दिएका छन् ।मृतक बोहराको घरमा बुवाआमा र श्रीमती रहेका छन् । उनी घरका एउटा छोरा हुन् ।

२१ मंसिर २०७८ मा प्रकाशित
Nabintech