रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्।
मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्।
केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको चेतावनी दिएका हुन्।
बैठकपछि रामशरण महतले भने, ‘उहाँहरु जो पनि उठ्छु भन्नु हुन्छ। प्रकाशनमान जी पनि त्यही भन्ने, शेखर जी पनि त्यहीँ भन्ने। त्यस्तो अवस्थामा रामचन्द्रले भन्नुभयो– तपाईंहरु दुवैजना उम्मेद्वार हुने हो भने म पार्टी/राजनीति नै छाडेर घरमा बस्छु।’
चाक्सीबारेको छलफल विना निष्कर्ष सकिएपछि पौडेल समूहका नेताहरु निराश भएर फर्किएका छन्।
२२ मंसिर २०७८ मा प्रकाशित