कांग्रेस महाधिवेशनमा २१ देशका पाहुना सहभागी हुने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन २१ देशबाट पाहुना आउने भएका छन्। काठमाडौं जिल्ला कार्यसमितिका सचिव गोविन्द पुडासैनीले २१ देशका अतिथि महाधिवेशनमा सहभागी हुने बताए।

 

‘अहिलेसम्म २१ देशका पाहुनाहरु महाधिवेशनमा सहभागी हुने तय भएको छ। यो संख्या थपघट हुनसक्छ,’ उनले भने।

मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्ने महाधिवेशनका लागि काठमाडौंको भृकुटिमण्डमा मञ्च निर्माण भइरहेको छ। थ्रीडी मञ्चमा २५० जनासम्म अट्ने आयोजकले बताएको छ।

४० लाखमा निर्माण हुने मञ्चमा प्रमुख अतिथिदेखि कलाकारसम्मले आतिथ्य ग्रहण गर्नेछन्।

२२ मंसिर २०७८ मा प्रकाशित
Nabintech