बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा

पिपलबाेट संवाददाता


नेपालगन्जस्थि बागेश्वरी मन्दिरका महन्त रैती देखाइएको जग्गा खरिद गरेका व्यक्तिहरुको नामको जग्गा मालपोत कार्यालयले रोक्का गरेपछि करिव अढाई सय घरधुरी समस्यामा परेका छन् । जग्गाधनीहरुले उक्त जग्गा महगों मुल्य तिरेर किनेका हुन । बागेश्वरीका महन्त चन्द्रनाथ योगी र हरीनाथ योगी रैती भई बिक्री गरेको जग्गा २ सय ७० कित्ता पुगेको छ । ति सबै कित्ता जग्गा मालपोतले रोक्का गरेको हो । नेपालगन्जको बीपी चोकदेखि करिव ५ सय मिटर पश्चिम तर्फको जग्गा खरिद गरेर विभिन्न व्यक्तिहरुले ठूलाठूला घर निमार्ण गरी शहर बसिसकेको छ । नेपालगन्जका अधिवक्ताहरुले बागेश्वरी मन्दिर गुठीको जग्गा महन्थहरुले बिक्री गरेको भन्दै उच्च अदालतमा रिट दर्ता गरेपछि उक्त जग्गा विवादमा आएको हो ।

अदालतले गुठीको जग्गा संरक्षण गर्न र खोजि गर्न आदेश दिएपछि मालपोत कार्यालयले २ सय ७० कित्ता जग्गा रोक्का गरेको हो । जग्गा रोक्का भएपछि जग्गाधनिले बैंकमा धितो राख्न र बिक्री गर्नबाट बन्चित भएका छन् । रोक्काका कारण कारोबारसमेत गर्न नपाएको गुनासो गरेका छन् । करमोहनाका बड्घर तथा स्थानीय सन्तकुमार बर्माले मालपोत कार्यालयले रोक्का गरेको जग्गन बागेश्वरी गुठीको नभई रैतीकारुपमा महन्तहरुको व्यक्तिगत रहेको बताउ“छन् । ‘पहिले जग्गाहरु मौजाकारुपमा राखिन्थे । जसको नाममा जग्गा थियो उनीहरुलाई रैती मान्ने कानुन थियो,’ बर्मा भन्छन्,‘हाल विवादमा पारिएको जग्गा गुठीको होईन ।महन्तहरुको पुर्खौली सम्पत्ती हो ।’  रैतीको जग्गालाई गुठीको हो भन्नु गलत तर्क रहेको उनको दाबी छ । उनले जग्गा रोक्का भएपछि सर्वसाधारणहरु कारोबार गर्न, घरव्यवहार चलाउन, बैंक लोन दिन बन्चित रहेको बताए । ‘महन्तबाट किन्दैमा बागेश्वरीको जग्गा कसरी हुन्छ,’ बडघर बर्माभन्छन्,‘मालपोत कार्यालयले गलतरुपमा जग्गा रोक्का राखेको छ ।’

महन्तहरुबाट आफूहरुले मुल्य तिरेर जग्गा खरिद गरेको तर मालपोतले गुठीको भनेर रोक्का गर्दा निकै अन्याय भएको जग्गाधनीहरुको गुनासो छ । स्थानीय टिकानाथ योगीले महंगो मुल्य तिरेर जग्गा खरिद गरेको बताए । ‘हामी त महन्तसंग जग्गा किनेका हौ“ । गुठीको जग्गा होईन,’ उनले भने ।
मालपोतको अभिलेख अनुसार अभिलेख अनुसार ०२८ कार्तिक १४ गते भूमि प्रशासन कार्यालय बा“केको निर्णय अनुसार साबिक इन्द्रपुर करमोहन र हाल नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउ“पालिकामा पर्ने महन्त हरिहारनाथ योगीको नाममा ९ विगहा १९ कठ्ठा ५ धुर, चन्द्रनाथ योगीको नाममा ९ विगहा १३ कठ्ठा १२ धुर जग्गा दर्ता गरेको प्रमाण भेटिएको छ । मालपोत कार्यालय बा“केको अभिलेख अनुसार २०२५ सालमा बागेश्वरी मन्दिरको नाममा मन्दिर क्षेत्र, साविक नेपालगन्ज ३ को किन १६३ क्षेत्रफल ४९५१२४ बर्ग मिटर, किन ९० को क्षेत्रफल ७९३२।८५ वर्ग मिटर, साविक परसपुर गाविसको वडा न ९ ख कि.न ४ को ३ कठ्ठा १ धुर, साविक खजुराखुर्दको वडा न. स्थित २४२ को १६६६५५ बर्ग मिटर, किन ६ को ०१५१० बर्ग मिटर, किन १० को ०१७५० बर्गमिटर र किन ७७ को ०४३२० बर्ग मिटर जग्गा गरी करिव ९९ विगहा ५ कठ्ठा १४ धुर जग्गा देखिन्छ । खजुराखुर्द र बागेश्वरी मन्दीर क्षेत्रबाहेकको जग्गा गुठी व्यवस्थापनले खोज्ने प्रयास गरेको छैन ।

तर, उच्च अदालत नेपालगन्जले ०७३ असार २२ गते वागेश्वरी मन्दिरको नाममा रहेको जग्गा र सम्पत्ती कुन र कहा“ कस्तो अवस्थामा छ त्यसको खोजिनीति गरी ६÷६ महिनामा सम्पतिको आयव्याय अद्यावधिक विवरण सार्वजनिक गर्ने आदेश दिएको थियो । उच्च अदालतको आदेश पनि कार्यान्वयन भएको छैन । हिन्दुहरुको प्रमुख शक्तिपीठका रुपमा रहेको बागेश्वरी मन्दिरका नाममा झक्तजनहरुले नगद रकम, सुन, चा“दी सुन चा“दीले बनाइएका शिव पावर्तीका मुर्तिहरु भेटीहरु चढाउने अझै पनि परम्परा छ । पहिलेका पुर्खाहरुले मन्दिरलाई जग्गा दान दिने गर्थे । दान दिइएको जग्गालाई किसानहरुलाई कमाउन दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने, सन्त महन्तहरुमा आएमा आवास तथा हण्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भएमा महन्तका सन्तान दरसन्तानले खाने व्यवस्था तत्कालिन व्यवस्थामा थियो । ईकान्तिपुर ।

६ पुष २०७८ मा प्रकाशित
Nabintech