राप्ती राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

पिपलबाेट संवाददाता


राप्ती राजमार्ग आइतबार(आज) देखि दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान खण्डको कपुरकोटदेखि चोर खोलासम्म सडक स्तरोन्नती गर्न पुस २५ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि तीन पटक गरेर  दैनिक ८ घण्टा सडक बन्द गरेर काम गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।

सडक बन्द हुँदा अवधिमा अत्यावश्यक सवारी साधनलाई वैकल्पिक रुट प्रयोग गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । बैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ ।

११ पुष २०७८ मा प्रकाशित
Nabintech