जनप्रतीनिधि निर्वाचित भए देखि कोहलपुरमा आठ जना हाकिमको सरुवा

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको पुन सरुवा भएको छ ।
कोहलपुर नगरपालिकामा पाँच महिना पहिला बासगढि नगरपालिकाकावाट सरुवा भएर आएका टोपेन्द्र केसीको पुन बाँके जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ ।कोहलपुर नगरपालिकामा जन प्रतिनिधि आएको चार वर्षको समयमा आठ जना प्रमुख प्रशासकिय अधिकृतहरुको आउने जाने कार्य भएको छ ।  कोहलपुर नगरपालिका लाई नेपालकै उत्कृष्ट नगरपालिका वनाउने नाराका साथ जनतावाट निवार्चित जनप्रतिनिधिहरु कै कारण कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतहरु पुरा अवधि नवस्ने गरेको पाईएको छ । यस्तै कोहलपुर नगर पालिकामा प्रत्येक वर्ष बेरुजु बढ्दै जाने र प्रत्येक वर्ष अधिकृत सरुवा गरेर नयाँ अधिकृत खोजेर ल्याउने कार्यमा कोहलपुर नगरपालिका लागी परेको पाईन्छ । कोहलपुर नगरपालिकाका योजना तथा कार्यक्रमहरुमा प्रत्येक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिव एक दर्जन भन्दा बढि मुद्दाहरु पर्ने गरेका छन् ।कोहलपुर नगरपालिकामा पछिल्लो समयमा सरुवा भएर जान लागेका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले कोहलपुर नगरपालिकामा आएर केहि गर्नु पर्छ भनेर आफु आएको तर आफु पाँच महिना नपुगेर सुरुवा मागेर जानु पर्ने कारणहरु धेरै भएको वताए । कोहलपुर नगरपालिकामा नेतृत्व वर्गमा रहेका पदाधिकारीहरुका सल्हाकार केहि नजिक हुन खोज्ने कर्मचारीहरुका कारण कोहलपुर नगरपालिकामा काम गर्ने वातावरण नरहेको वताए ।  उनले भने संघिय सरकारका कर्मचारीहरु विधिविधान अनुसार चल्नु पर्ने हुदाँ नेतृत्व वर्गले त्यस अनुसार चल्न नदिने बातावरण कोहलपुर नगरपालिकामा रहेको वताए ।

कोहलपुर नगरपालिकामा केहि ठुला योजनाहरु मापदण्ड विपरित संचालन हुदै आएका छन् । कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवाका मुख्य कारणहरु अनियमित र अनावश्यक अनियंत्रित रुपमा योजना निर्माणको विस्तृत प्रतिबेदन डिपिआर भएको घण्टाघर भ्युटावर निर्माणको भुक्तानी गनुपर्ने बाध्यता, नगर पालिका मातहतका हेल्प डेस्क कर्मचारी ब्यबस्थापनमा गरिएको गलत प्रक्रिया अनावश्यक तेस्रो पक्षको हस्तक्षेप संगको सम्झौता गर्नु पर्ने । हेफर ईन्टरनेस्नल सङ्ग गरिएको कृषि सहकारी बाख्रा तथा कृषि कार्यक्रमको अध्यारो सम्झौता , सुरक्षागार्ड सम्बन्धि सम्झौता र नगर प्रहरी ब्यबस्थापन कार्ययोजना नवनाई नगर प्रहरीको नाममा सेक्कुरिटी गार्ड राख्ने सम्झौता , क्षेत्रीय बसपार्क निर्माणको ५ बिगाहको डिपिआर र हाल निर्माण भएको क्षेत्रफल कम भएको र त्यसमा सम्झौता अनुसारको वजेट दिनुपर्ने बाध्यता , पुर्ण बाताबरणिय अनुकुलताको अध्यन बिना कार्ययोजना अगाडि बढाईनु र अप्राबिधिक अनुत्पादक सम्झौता फहोर मैला संकलन को विषयमा ,राजनीतिक रुपमा नगर नेतृत्व गलत सल्लाहमा पर्नु र त्यसले गर्दा सबै कार्यक्रम र योजनाहरु अख्तियारमा मुद्दा पर्नु पनि मुख्य कारण रहेको छ । अन्य नगरपालिका भन्दा कोहलपुर नगरपालिकाका मेयर सालिन र भद्र भएतापनि मेयरका नजिकका मान्छेहरु ले नै मेयरलाई भुमरीमा  राखेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केसीले वताए ।

कोहलपुरमा चाकडी ,चाप्लुसी गर्नेहरुको वढि हालि मुहाली भएकाले कोहलपुरको दिगो विकास हुन नसकेको केसीले वताए । कोहलपुर नगरपालिकाको अर्को मुख्य समस्या भनेको विभिन्न विषयगत शाखामा करोडौं रकम विनियोजन गर्ने र आफु अनुकुलका संघ ,संस्था ,व्यक्ति, फर्म हरुलाई मोटो रकम वर्षेनि दिने गरेको छ । कोहलपुर नगरपालिकाले महालेखा वाट देखिएको बेरुजी उठाउने तिर केहि पनि पहल गरेको देखिदैन् । यस्तै कारणले गर्दा कोहलपुरमा वर्षमा दुई जना प्रमुख प्रशासकिय अधिकृतको हरुको सरुवा हुने गरेको हो । कोहलपुर नगरपालिकामा जनप्रतीनिधी आएपछि कोहलपुरमा कार्यकारी अधिकृतहरु आठ जना रहेका छन् । सवैभन्दा पहिला २०७४/०६/०२ देखि २०७४/०६/०१ सम्म माधव प्रसाद शर्मा ,२०७४/०६/०२ देखि २०७४/०६/२४सम्म बालराम शर्मा जम्मा २२ दिन काम गरेका थिए । त्यस्तै २०७४/०६/३० देखि २०७५ /१२/२४ सम्म प्रेम प्रसाद देवकोटा ,२०७५/१२/२४ देखि २०७६ /०५/२३ सम्म दशरथ बुढा ,२०७६/०५/२३ देखि २०७७ /०४/०७ सम्म वीरेन्द्र भारती, २०७७/०४/३० देखि २०७८ /०३/०८ सम्म छविलाल नेपाली ,२०७८/०३/०९ देखि २०७८ /०३/३१ सम्म अनन्त कुमार पौड्याल ,२०७८/०४/०१ देखि २०७८ /०९/१२ सम्म टोपेन्द्र बहादुर के.सी र २०७८ /०९/१२ देखि टिकाराम ढकाल आएका छन् ।अव उनको कालकाल पुरा अवधि चल्नेमा कोहलपुर बासी आसावादि रहेका छन । कोहलपुर नगरपालिकाले सोमबार नै टोपेन्द्र बहादुर के.सी.को बिदाई तथा नया आएका हाकिम टिका राम ढकाललाई एक कार्यक्रमका विचमा स्वागत गरेको छ ।स्वागत कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावत ,उपमेयर सञ्जु कुमारी चौधरी , लगाएतका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थितीरहेको
थियो ।

१३ पुष २०७८ मा प्रकाशित
Nabintech