मेघाश्रीमा राजस्व अनुसन्धान विभागको छापा

पिपलबाेट संवाददाता


नेपालगन्जका दुई डिलरमा राजस्व अनुसन्धान विभागको केन्द्रीय टोलीले छापा मारेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१, स्थित खजुरा रोटमा रहेको रामकुमार राठौरले सञ्चालन गरेको राठौर जनरल स्टार र हरिश अग्रवालले सञ्चालन गरेको खाद्य सप्लायर्समा उक्त टोलीले मंगलबार बिहान छापा मारेको हो ।

ति डिलरहरुले राजस्व छली गरेको उजुरीका आधारमा राजस्व अनुसन्धान विभागले छापा मारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार डिलरहरुमा छापा मार्न राजस्व अनुसन्धान विभागको टोली काठमाडौंबाट नेपालगन्ज आएको थियो ।

भारतमा सुर्तीजन्य पदार्थको उत्पादन प्रतिबन्ध भएकाले नेपालबाट अवैधरुपमा गुट्खाहरु निर्यात हुने गरेको छ । नेपालबाट भारत निर्यात हुने सुर्तीजन्य पदार्थमा राजस्व विभागको स्टीकर प्रयोग गरिएको हुँदैन । ‘अवैधरुपमा कर ठगी गरेर भारत निर्यात गर्ने सुर्तीजन्य पदार्थमा करको स्टीकर हुँदैन,’ स्रोतले भन्यो, ‘कर ठगी गरेर भारत निर्यात हुँदै आएको
छ ।’

यति मात्र होइन बाँकेका कतिपय व्यापारीले कर छली गरेर भारतमा सुर्तीजन्य पदार्थ निर्यात गर्दै आएका छन् । यसले राजस्वमा ठूलो घाटा व्यहोर्नु परेको ।

‘ल्यापटप र स्टक बुक लियो’

बिहान आएर छापा मारेको राठौर जनरल स्टोरका सञ्चालक रामकुमार राठौरले जनाए । ‘कसैले उजुरी ग¥यो होला,’ उनले भने, ‘राजस्व अनुसन्धान विभाग आएर अनुसन्धान ग¥यो गयो ।’

अनुसन्धान टोलीले एक थान ल्यापटप र स्टक बुक लिएको उनले बताए । अहिले निर्वाधरुपमा काम भइरको उनी बताउँछन् । उनले मेगा श्री, चाउचाउ, बिस्कुट, सरब र साबुन बिक्री गर्दै आएका थिए ।

कोभिड–१९ (कोरोना भाइरस) बाट प्रभावित बनेको व्यापार व्यवसायीको मनोबल कमजोर पार्ने गरी हुने अनुसन्धानले व्यापारलाई घाटामा पु¥याउने उनको भनाइ छ ।
राजस्व अनुसन्धान विभागको अधिकार क्षेत्रभित्र पर्ने भएकाले छापा मारेकोप्रति आफ्नो कुनै गुनासो नभएको उनी बताउँछन् ।

‘छापा मारेको विषयमा जानकारी छैन’

राजस्व अनुसन्धान कार्यालय कोहलपुरले भने यस विषयमा आफूलाई जानकारी नभएको जनाएको छ ।

केन्द्रबाटै अनुसन्धान टोली आएको भन्नेसम्म थाहा पाएको र किन, कसको र कहाँ छापा मा¥यो त्यो आफूलाई जानकारी नभएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुखले जनाए । ‘मलाई हामी अनुसन्धानमा आएका छौं, गाडी दिनु प¥यो भन्नुभयो,’ उनले भने, ‘मैले कार्यालयबाट गाडी पठाइ दिएँ ।’

केन्द्रीय टोलीले जिल्लालाई जानकारी नदिएरै अनुसन्धान गर्न पाउने अधिकार भएकाले यस विषयमा आफूलाई थप जानकारी नभएको उनी बताउँछन् ।

१४ पुष २०७८ मा प्रकाशित
Nabintech