कांग्रेस बाँकेको सचिवमा उम्मेदवारी दिदैँ युवा नेता काफ्ले

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्ला सचिवमा आशिष काफ्ले चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेसको विधान अनुसार जिल्ला सचिवमा दुई जना निर्वाचित हुने ब्यवस्था छ ।

आगामी पुस २७ गते हुन लागेको जिल्ला निर्वाचनमा संस्थापन इतर पक्षको नारायणप्रसाद गौडेल प्यानलबाट सचिवमा उम्मेदवारी दिने काफ्लेले बताए । ‘आउँदो निर्वाचनमा म पार्टीको जिल्ला सचिवमा उम्मेदवारी दिने तयारीमा छु, नारायणप्रसाद गौडेल प्यानलबाट सचिवमा मेरो नाम टुंगो लागिसक्यो,’ उनले भने ।

उक्त प्यानलबाट यसअघि जिल्ला सदस्य सुधान्सु कोइरालाले पनि सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । काफ्ले २०६५ मा नेपाल बिद्यार्थी संघका तर्फबाट बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियु सचिव भएका थिए । यस्तै उनले नेपाल बिद्यार्थी संघको क्षेत्र नम्बर ३ को सभापति भएर समेत काम गरिसकेका छन् ।

यसअघि पार्टीको ११ औं महाधिवेशनमा कांग्रेस नौवस्ता गाविसको सचिव भएर काम गरिसकेको काफ्लेले बताए । पार्टीको जिल्ला सचिवमा निर्वाचित भएपछि आफुले पार्टीलाई चलायमान बनाउने बताए । बिद्यार्थी हुँदै पार्टीको राजनीतिमा आउँदा धेरै संघर्ष गरेकाले आफुलाई यसपटक कार्यकर्ताले जिम्मेवारी दिनेमा आशावादी रहेको काफ्ले बताउँछन् ।

१६ पुष २०७८ मा प्रकाशित
Nabintech