जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू

पिपलबाेट संवाददाता


जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जनाकारी अनुसार बर्दिया राजापुर नगरपालिका–९ की बर्ष ५४ की भुसिया थारुको मृत्यु भएको हो ।

उनको घर नजिकैको दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएकी थारुको ३ बजे हात्तिको आक्रमणमा परेर मृत्यु भएको सिमा प्रहरी चौकी गोडियानामा जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

१८ पुष २०७८ मा प्रकाशित
Nabintech