राष्ट्रिय सभाका लागि बाँकेका दुई जना उम्मेदवार

पिपलबाेट संवाददाता


राष्ट्रिय सभा सदस्यमा बाँकेबाट नेकपा एमाले र नेपाली कांग्रेसले एक–एक जनालाई उम्मेदवार बनाउने भएका छन् । कांग्रेसबाट पुराना नेता युवराज शर्मा र एमालेबाट भारती खनाल उम्मेदवार हुने टुंगो लगाइएको हो । नेकपा एमालेले महिलातर्फ खनाललाई उम्मेदवार बनाउने निणर्य गरेको हो भने शर्मालाई कांग्रेसले लुम्बीनी प्रदेशतर्फको उम्मेदवार बनाउने निणर्य गरेको हो ।

एमालेले १९ जना राष्ट्रिय सभा सदस्यका उम्मेदवार पाउने छ । जसमा लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता महिलामा बाँकेकी शर्मा र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ । कर्णाली मा खुलातर्फ खुर्खेतका चूडामणि शर्मा, महिलातर्फ जुम्लाका गंगा थापा महत र अल्पसंख्यकतर्फ दैलेखका पदमबहादुर माझीलाई उम्मेद्वार बनाउने एमालेले निणर्य गरेको छ ।
सुदूरपश्चिमबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा र दलिततर्फ बैतडीका नरेश विकलाई उम्मेद्वार बनाउने निणर्य एमालेले गरेको छ । यस्तै प्रदेश–१ मा खुलातर्फ झापाका देवराज घिमिरे, महिलातर्फ झापाकै सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम सोलुखुम्बुका ग्याल्जेन शेर्पा उम्मेद्वार बन्नेछन् । एमालेबाट प्रदेश–२ मा खुलातर्फ धनुषका असर्फी भिनवार यादव र महिलातर्फ रौतहटका बिना साह उम्मेद्वार बन्नेछन् ।
बागमतीमा खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीका निरकुमारी कुँवर दर्लामी, गण्डकीबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेट र दलिततर्फ बाग्लुङका गोविन्दबहादुर नेपाली उम्मेद्वार बन्ने भएका छन् ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट बाँकेका शर्मासहित ६ जना उम्मेदवारको नमा टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लुम्बिनीमा शर्मा, कर्णाली मा
दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र, प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल र गण्डकीमा कमला पन्तलाई उम्मेवार बनाउने निणर्य गरेको हो ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा
गरेको थियो । जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट पाउने सहमति भएको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सीट भागमा परेको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।
नेकपा एकीकृत समाजवादीले लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोरा र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह, प्रदेश–१ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिनालाई उम्मेदवार बनाउने भएको हो ।

१९ पुष २०७८ मा प्रकाशित
Nabintech