प्याब्सन लुम्बिनी प्रदेश अधिवेशन कोहलपुरमा सम्पन्न

पिपलबाेट संवाददाता


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ,नेपालको लुम्बिनी प्रदेश को तेस्रो अधिवेशन कोहलपुरमा सम्पन्न भएको
छ ।  कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशमा वन,वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले निजी विद्यालयले नै नेपालको शिक्षा क्षेत्रमा महत्व पूर्ण भुमिका खेल्यको वताए । शैक्षिक गुणस्तरलाई उचाईमा पु¥याउन सवै भन्दा ठुलो भुमिका निजी विद्यालहरुको रहेको वताए । शैक्षिक तथा खेलकुद र अनुशासनमा समेत निजी विद्यालयहरु राम्रो विद्यार्थीहरु उत्पादन गरेका छन् । नेपाल सरकारले निजी विद्यालयहरुलाई हेर्ने द्रष्टी परिवर्तन गर्नुपर्ने वताए ।
यस्तै कार्यक्रमा विशिष्ठ अतिथि प्याब्सन केन्द्रिय स.अध्यक्ष डि.के ढुङ्गानाले निजी विद्यालयहरुले नेपालको शैक्षिक गुणस्तरलाई उचाईमा पु¥याउन अहम भुमिका खेल्यको तर नेपाल सरकारले निजी विद्यालयलाई सहयोग हुने खालको कार्यक्रमहरु ल्याउन नसकेको वताए । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड –१९ले नेपालका निजी विद्यालयहरु सवै भन्दा ठुलो मारमा परेको वताए ।


यस्तो समस्याको समयमा सरकारले निजी विद्यालयहरुलाई सहयोग  नगरेको वताए । केहि विद्यालय संचालकहरु आज विद्यालय संचालन गर्न समेत नसक्ने अवस्थामा पुरेको ढुङ्गाना वताए । यसरी सरकारले नेपालमा शैक्षिक क्षेत्रलाई दुई किसिमले हेर्दा नै शैक्षिक स्तरमाथि उठ्न नसकेको हो ।


जव सम्म शैक्षिक निती निर्मानमा सवै शैक्षिक क्षेत्रलाई समान रुपमा सरकारले हेर्ने वतावरण वनाउछ अनि मात्र नेपालमा शैक्षिक क्षेत्रको गुणस्तर राम्रो हुने वतावरण बन्ने वताए । यस्तै कार्यक्रमा कोहलपुर नगर पालिकाका मेयर लुट वहादुर रावत , बाँसगढि नगरपालिका का मेयर शालिक राम अधिकारी , बढैयाताल गाउ पालिकाका प्रमुख ला वहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी , नेसनल प्याब्सनका केन्द्रिय सचिव कुसुम
रानाभाट लगाएतले आफुनो भनाई राख्यका थिए । कार्यक्रमा लुम्विनी प्रदेशका ४००पढि प्रतिनिधि सहभागी रहेको
प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावतले जानकारी गराए । कार्यक्रमा जिल्ला निर्वाचित बाँके र पाल्पा शाखाकार्य समितिलाई सम्मान गरेको थिए । यस्तै प्याब्सललाई संचालमा महत्व पूर्ण भुमिका खेलेका बाँकेका गोरखा यूनाईटेडका का संस्थापक केशर वहादुर आले , बाँके प्याब्सनका पूर्व अध्यक्ष डा. राजेश केशर खनाल र बाँके प्याब्सनका अध्यक्ष यम बहादुर रावतलाई सम्मान गरिएको थियो । अधिवेशनबाट लुम्बिनी प्रदेश समितिमा अध्यक्ष लालहरि पाण्डे ,
वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सि. उपाध्यक्ष केशव राज सापकोटा , गोविन्द प्रसाद पौडेल , सचिव धनराज चपाई , कोषाध्यक्ष अमरराज सुवेदी , सह–सचिव तेजनाथ पौडेल ,सह –कोषाध्यक्ष महेश भुर्तेल सदस्यहरुमा उपेन्द्र गुप्ता, राजेन्द्र कुमार आचार्य , रामदेव यादव ,बासुदेव रिजाल,शारदा ज्ञवाली सर्व सम्मत निर्वाचित भएका छन् ।

 

 

१९ पुष २०७८ मा प्रकाशित
Nabintech