राष्ट्रियसभा सदस्यका लागि बाँकेका शर्माले गराए उम्मेदवारी दर्ता

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवार युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाङस्थित निर्वाचन समितिको कार्यालयमा शर्माले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

No description available.

No description available.

उनको प्रस्तावकमा लुम्बिनी प्रदेशसभाका सांसद शंकर गिरी र समर्थकमा नेपालगञ्ज उपमहानगरापलिकाकी उपमेयर उमा थापा मगर छिन् । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले लुम्बिनी प्रदेशबाट शर्मालाई उम्मेदवार बनाउन निर्णय गरेको थियो ।

 

बाँके कांग्रेसका पुराना नेता शर्मा २०४५ देखि २०४९ सम्म बाँके कांग्रेसको सभापति भएका थिए ।

No description available.No description available.

२० पुष २०७८ मा प्रकाशित
Nabintech