मंगताटोलका ७० घरलाई सेनाको कम्बल र खाद्यान्न

पिपलबाेट संवाददाता


सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले डुडुवा गाउँपालिका– ६ मंगताटोलमा कम्बल तथा खाद्यान्न वितरण गरेको छ ।


मंगताटोलमा अधिकांशले मागेर नै गुजारा चलाउँछन् । चिसोमा उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको हो । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारी, वेष्टर्न अस्पतालका सञ्चालक डा कल्पना थापा र छोरा राहुल थापा, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठले मंगताटोलका ७० घरपरिवारलाई एउटा कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरेका थिए । सो अवसरमा सहायक रथी पाठकले चिसोले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता गरे । डुडुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मोहन मिश्रले नेपाली सेनालगायतले टोलमै आएर सहयोग गरेकोमा धन्यवाद दिए।

२२ पुष २०७८ मा प्रकाशित
Nabintech