चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ

पिपलबाेट संवाददाता


कोहलपुर प्रहरीले मोटर साईकल चोरी भएको २४ घण्टाभित्रै जनालाई पक्राउ गरेको छ । मंगलबार राती करिब १ बजे बाँकेको कोहलपुर बसपार्क स्थित रेडिसन होटल अगाडी पार्किङ गरेको मोटरसाइकल चोरी भएको थियो । रुपन्देही जिल्ला बुटवल  उप–महानगरपालिका वडा नं ८ बस्ने सुश्रवा गौतमको यामाहा कम्पनीको १४५ सिसिको बा.७६ प १६०६ नं.को कालो रङको मोटरसाईकल बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने बर्ष २२ को बिष्णु हरिजनले चलाई रहेको अवस्थामा फेला पारिएको हो । मोटरसाईकल चलाई रहेको अवस्थामा कोहलपुर नगरपालिका वडा नं१४ पार्वतीपुर स्थित बुधबार राती साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

२२ पुष २०७८ मा प्रकाशित
Nabintech