बाँकेमा दिउँसै मापसे गरेर सवारी साधन चलाउने बढे

पिपलबाेट संवाददाता


बाँकेमा पछिल्लो समय दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको छ ।
जाडोयाम शुरु भएसँगै दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले मापसेका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सरप्राइज चेकिङ शुरु गरिने जानकारी दिए ।


जाडो मौसममा दिउँसै मापसे गर्ने गरेको पाइएपछि यसअघि साँझको समयमा हुँदै आएको सरप्राइज चेकिङलाई दिउँसो समेत गरिने जानकारी दिए । उनले अटो रिक्सा, ई रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिर कोहलपुर नग।पालिकाकासँग समन्वय गरेर ई रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने उनको भनाइ छ । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाइ गरिने उनले बताए । भएको जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरणको प्रयास गरिने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महशुस गराउने प्रतिबद्धतासमेत जनाए ।शाहले विद्यालय क्षेत्रमा आफुले विद्यालय समयमा निग्रानी वढाउने वताए । यस्तै आज अटो रिक्सा हरु धेरै जसो विना दर्ता चलाउने गरेको पाईएको छ त्यस तर्फ सवै जना सचेत भएर अगाडि बढ्नु पर्ने वताए । स्थानिय सरकार निकार्यमा कति अटोहरु छन् भन्ने जानकारी समेत नभएकाले पहिला सवै अटोको लागत दिन लगाउने वताए ।

२३ पुष २०७८ मा प्रकाशित
Nabintech