बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले १३औं क्रिसा खेदकुद प्रतियोगिता २०७८ माघको दोस्रो साता देखि संचालन हुने भएको छ । क्रिसाले माघको १९, २० र २१मा आधारभुत र माध्यामिक दुवै तहका खेल एकै साथ गर्ने भएको छ । शुक्रबार कोहलपुरमा बसेको क्रिसा भेलाले खेलकुद प्रतियोगिता २०७८गर्ने निर्णय गरेको हो । दुवै तहको छात्र,छात्राहरुको भलिबल ,एथ्लेटिक्स गरेर ९विद्यामा खेलहरु हुने क्रिसा अध्यक्ष तथा खेलकुद संयोजक दिनेश सिग्देलले जानकरी दिएका छन् । कोहलपुर क्षेत्रमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले हरेक वर्ष खेलकुद प्रतियोगिता गदै आएको छ । यसले यस क्षेत्रको खेलकुललाई माथि उठाउन महत्व पूर्ण भुमिका खेल्दै आएको छ । बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसामा हाल ३४ विद्यालयहरु रहेका छन् । क्रिसा खेलकुद प्रतियोगिताले खेलक्षेत्रमा नया खेलाडिहरु उत्पादन गर्ने ठुलो सहयोग पु¥याउदै आएको छ ।
क्रिसा खेलकुदले सवै संस्थागत विद्यालयहरुलाई आपसमा मेलमिलाप र विद्यार्थीहरु विच एक आपसमा अपनत्व को भावना सिर्जनाहुने र खेलकुदको विकासमा समेत महत्व पुर्ण सहयोग पुग्ने भएकोले आफुहरुले यो प्रतियोगिता संचालन प्रत्येक वर्ष गर्दै आएको क्रिसा अध्यक्ष दिनेश सिग्देलले वताए । क्रिसा खेलकुललाई सवै क्षेत्रले आफ्नो क्षेत्रवाट सहयोग गरिदिनहुन अपिल समेत गरेका छन् । स्थानिय सरकारले पनि क्रिसा खेलकुद प्रतियोगितालाई सहयोग गर्दै आएको र यस वर्ष पनि गर्ने अपेक्षा गरिएको अध्यक्ष सिग्देलले वताए ।