बलिउड अभिनेत्री श्रीदेवीको निधन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयाघातका कारण निधन भएको छ।

५५ बर्षीया उनको यूएईको दुवै स्थित आफ्नै घरमा निधन भएको भारतीय संचार माध्यामहरुले बताएका छन्। हृदयाघातका बेला उनका पति बोनी कपुर र छोरी खुसी उनीसँगै थिए। आफन्तको बिहे समारोहका लागि कपुर परिवारका सबै सदस्य दुवैमा थिए।

चार वर्षको उमेरदेखि नै फिल्मी करिअर शुरु गरेकी श्रीदेवीको जन्म सन् १९६३ को १३ अगस्टमा तमिलनाडुमा भएको थियो। तमिल फिल्म ‘कन्धन करुणई’मा उनले चार बर्षकी हुँदा नै अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन्। उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

सन् १९९७ मा आएको फिल्म ‘जुदाई’ पछि उनले १५ वर्षजति फिल्म खेलिनन्। फिल्ममा कमव्याक गरे पछि उनले सन् २०१२ मा ‘इङ्लिस–भिङ्लिस’ फिल्ममा अभिनय गरिन्।

श्रीदवेको सन् २०१७ मा फिल्म ‘मम’ रिलिज भएको थियो। लामो समय फिल्म क्षेत्रमा काम गरेकी उनको यो ३ सय औं फिल्म थियो।

नेपाली स्टुडियाेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *