भलिबल प्रतियोगिता सम्पन्न

बाँकेको नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बाँके जिल्ला क्याम्पस स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कलेज अफ म्यानेजमेन्ट नेपाल प्र्रथम, कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस ‘बी’ द्वितीय र आयोजक महेन्द्र बहुमुखी क्याम्पस तृतीय भएको छ ।
अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त आयोजना भएको प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई बागेश्वरीलाई १५ हजार र तृतीय हुने आयोजक टिमलाई १० हजार नगद सहिट ट्रफि, मेडलले खेडालीहरुलाई सम्मान गरिएको छ । बुधबार कलेज अफ म्यानेजमेन्ट र बागेश्वरी बमुहुखी क्याम्पस कोहलपुरमा फाईनल खेल सम्पन्न भएको थियो । प्रतियोगितामा तीनवटा सेट कलेज अफ म्यानेजमेन्टले जितेर प्रथम हुन सफल भएको हो । बागेश्वरी बहुमुखी क्याम्पसको टिमको केहि व्यवस्थापनको कमजोरीले उपबिजेतामा चित बुझाउनु परेको बागेश्वरी बहुमुखी क्याम्पस ‘बी’ टिमका व्यवस्थापक राम प्रसाद पाण्डेले बताएका छन् । साथै लेखाडीहरुले केहि कमजोरीका कारण प्रतियोगितामा उपबिजेता बन्नु परेको टिमका क्याप्टेन शाक्ति शाहीले बताएका छन् । प्रतियोगिताबाट क्याम्पसलाई चिनाउन सफल भएकोमा खेलाडीहरुलाई क्याम्पस प्रमुख शिशिर कुमार शर्माले धन्यवाद व्यक्त गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै अनेरास्ववियू क्रान्तिकारीका सचिव नारायण खनालले व्रिद्यार्थीहरुलाई किताबको ज्ञानसँगै अक्तिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *