रुरुक्षेत्र धामलाई विश्व सामु चिनाउन विराट ज्ञान महायज्ञ हुने

कोहलपुर २४ साउन /नेपालकै चारधाम मध्येको मुख्य धाम गुल्मी, स्याङजा र पाल्पाको संगम स्थल रुरुक्षेत्र धाममा यहि आउँदो भदौ २८ गतेदेखि असोज १७ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सो धामलाई विश्वमै चिनाउने उद्देश्यले ज्ञान महायज्ञ सञ्चालन गरिन लागेको आयोजकले जानकारी दिएको छ । सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी पृत उद्धार गरीने,२१ करोड दिप प्रज्वलन गरिने,देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।

ऐतिहासिक रुपमा सञ्चालन हुने महायज्ञमा सहभागी बन्न यतिबेला गुल्मीसँगै जिल्ला बाहिरबाट पनि सम्पर्क बढिरहेको छ । भने केही व्यक्तिहरुले दान प्रदान गरिरहेका छन । ऐतिहासिक ज्ञान महोत्सवलाई सफल बनाउनका लागि यतिबेला प्रचार–प्रसारलाई समेत तिव्र पार्न थालिएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरुको उल्लेखीय सहभागीता गराउने लक्ष्य राखिएको बताईएको छ । यस महायज्ञबाट रुरु क्षेत्रधामको विशेष प्रचारप्रसारका साथै यसको महिमा बढ्ने बिश्वास व्यक्त गरिएको छ ।

भाद्र २८ गते देखि असोज १७ गते सम्म संचालन हुने महायज्ञमा रु २१ सयमा कर्ता बनि पुजन गर्न सकिने बताइर्एको छ । ऐतिहासिक रुरु धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ २०७६ मा सहभागी भइ रुरु क्षेत्र धाम लाई विश्व सामु चिनाउन सबैलाई आग्रह समेत गरिएको छ महायज्ञमा १ सय ८ तीर्थस्थल्को जलसहित हेलिकप्टरबाट पुष्प वृष्टि गरिने भएको छ ।

महायज्ञमा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता श्री बालयोगेश्वर महाराजीको संगीतमय कथा बाचन रहने बताइएको छ । त्यस्तै ५ हजार १ सय शान्ती कलश पुजन गरिने शालीग्राम परिक्रमा गरिने १ हजार १ सय भन्दा बढी स–साना कन्याहरुको पुजन गरिने करिब २५ हजार भन्दा बढी ७० वर्ष भन्दा माथी उमेर पुग्नु भएका जेष्ठ नागरिकहरु विशेष सम्मान गरिने समाजका प्रतिष्ठित व्यक्तिहरुको सम्मान गरिने , वनारस हरिद्वार पशुपतिनाथ मा जस्तै प्रत्येक दिन काली गण्डकी को विशेष सन्ध्या आरती हुने लगायतका कार्यक्रमहरु रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *