फोर ए साइड आधारभुत तह फुटबल प्रतियोगिता वैजनाथ गाउँ पालिकामा सम्पन्न

फोर ए साइड आधारभुत तह फुटबल प्रतियोगिता वैजनाथ गाउ पालिका वडा नंं. ३ बैरहवा खेल मैदानमा सम्पन्न भएको छ ।
वैजनाथ प्यावसनको आयोजनामा भएको फुटवल प्रतियोगितामा गाउँ पालिका मा रहेका सम्पूर्ण प्यावसनमा आवद्ध विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वैजनाथ गाँउ पालिकाका प्रमुख मान बहादुर रुचालले यसरी निजि विद्यालयहरुले खेलकुदमा गरेको लगानीको गाउँ पालिकाले मुक्त कण्ठले प्रशंम्सा गर्न चाहेको वताए । खेलकुदको विकासले नै असल विद्यार्थीहरुको विकास हुने गरेको वताए । खेलकुद क्षेत्र भनेको समाजमा र राष्ट्रमा नभै नहुने विधा भएको वताए ।
कार्यक्रमा बोल्दै प्यावसन बाके उपाध्यक्ष तथा क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले निजि विद्यालयहरुले आफ्ना वालबालिकाको लागी विभिन्न किसिमका खेलकुद गर्ने गरेको वताए । स्थानिय सरकारले निजि विद्यालहरुलाई हेर्ने नजर फरक जहिले सम्म हुन्छ त्यति समय सम्म शिक्षा क्षेत्रको विकास हुन समस्या आउने वताए । उक्त कार्यक्रमको सभापतित्व प्यावसन बैजनाथका अध्यक्ष दमन पाण्डेले गरेका थिए । कार्यक्रमको व्यवस्थापन डायनामिक ई मि स्कुल बानियाभारले गरेको थियो । प्रतियोगितामा छात्र ,छात्रा दुवै प्रतियोगितामा दिप ज्योति मावि चिसापानि प्रथम भएको छ । छात्र ,छात्रा दुवै प्रतियोगितामा द्धुतिय डायनामिक ई.मि स्कुल बानियाभार भएको छ भने तितृय स्थान दिव्य विद्या निकेटन डिगिया भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *