औंराह बाबा मन्दिर निर्माणकालागि धार्मिक महोत्सव संचालन गरिदै

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको औंराह बाबा शिव शक्ति मन्दिर निर्माणकालागि धार्मिक महोत्सव संचालन गरिने भएको छ ।
यहि भाद्र २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।
धार्मिक महोत्सव तयारी अन्तिम चरणमा पुगेको औंराह बाबा शिव शक्ति मन्दिर समितिका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिए । साढे चार कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको उचित संरक्षण हुन नसक्दा भौतिक संरचना जिर्ण हुनुका साथै मन्दिरको जग्गा समेत अतिक्रमणको सिकार हुन थालेको गौतमले बताए ।
उक्त मन्दिरको जग्गा संरक्षण गर्नका र त्यस क्षेत्रमा मन्दिर निर्माणको लागी स्थानिय बासिन्दा ,समाज ,सेवी , राजनितिक दल ,व्यापारी लगाउको सहभागिताले मन्दिर निर्माणको लागी परेको अध्यक्ष गौतमले वताए । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा दाता पहिचान उप समितिका संयोजक चक्र वहादुर अधिकारीले आफुहरुले दाताको पहिचान गरेर सवैलाई पत्रचार गरिएको र अन्य लाई पनि पत्र पठाउने कार्य जारी रहेको वताए । अधिकारीले अन्य धार्मिक महोतसव भन्दा सवै हिसाव धर्मावलीहरु माझ पारर्दसी तरीकाले राख्ने समेत वताए । धार्मिक महोत्सव निर्माण उप समितिका संयोजक खुम वहादुर के.सीले सवै निर्माणकाम सम्पन्न भैसकेको वताए । स्थानिय युवा नेता पुर्ण प्रसाद आचार्यले धार्मिक महोत्सवमा सवैको सहयोग रहेमा मात्र महोत्सव सम्पन्न गर्न सजिलो हुने भएकोले सवै कोहलपुर नगरवासी तथा धार्मिक भक्त जनहरुलाई सहयोग गर्न आग्रह समेत गरे । अहिले आर्थिक अभावले मन्दिरको महत्व समेत घट्दै गएकाले महायज्ञ मार्फत मन्दिरलाई पुनः पुरानै स्वरुपमा फर्काउने प्रयास गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोलीदेखि संचालन गरिने महायज्ञको बिहान ९ः३० बजेदेखि कलस यात्रा सुरु गरिने महायज्ञ आयोजकले जनाएको छ । आईतबार पत्रकार सम्मेलन गरी महायज्ञको उद्देश्य र तयारीका बारेमा जानकारी गरार्ईएको हो ।
महायज्ञमा हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पुजा र ८ बजेदेखि पाठ परायण गरीनुका साथै बिहान १० देखि ४ बजेसम्म कथा, प्रवचन र झाँकी प्रदर्शन गरीने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म झाँकी, कथा प्रवचन र भजन कीर्तन तथा बिहान ६ देखि बेलुका ६ बजेसम्म शालिग्राम भगवानको पुजा अर्चना गरीने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *