काँग्रेसबाट कोहलपुर वडा ६ को अध्यक्षमा थारु सिफारीस

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदका लागि श्रीकृष्ण थारुलाई सिफारीस गरिएको छ ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलराम शर्माको सभापतित्वमा बसेको बैठकले उम्मेदवारी अनुमोदन सहित निर्णय गरेको छ ।
काँग्रेस कोहलपुरको आज (बिहीबार) बसेको बैठकले वडा अध्यक्ष पदको उम्मेद्वारमा थारुलाई सर्वसम्मत निर्णयबाट क्षेत्रिय कार्यसमितिमा सिफारीस गरिएको नेपाली काँग्रेस नगर प्रवक्ता यज्ञ बहादुर महराले जानकारी दिएका छन् । स्थानिय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामसोहन थारुको २०७५ मंसिर ९ गते निधन भएको थियो । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्य समिति र नगर कार्यसमितिले सर्वसम्मत थारुको नाम अध्यक्ष पदका लागि सिफारीस गरिएको प्रवक्ता महराले जानकारी दिएका छन् । साथै वडा र नगर कार्यसमितिले गरेको निर्णयलाई क्षेत्रीय कार्यसमितिले सिफारिस भएको अनुमोदन गरि अन्तिम निर्णय गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *