कोहलपुरमा बसपार्कको उद्घाटन दुई पटक

बाँकेको कोहलपुरमा निर्माण भएको छोटो दुरीको कोहलपुर बसपार्क दुई पटक उद्घाटन भएको छ । कोहलपुर नगर विकास समितिले चार करोड ३९ लाखमा निर्माण गरेको छोटो दुरीको बसपार्क संविधान दिवस (असोज ३)को अवसरमा पारी कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए भने शनिबार (आज) शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले औपचारी कार्यक्रमका बिच बसपार्कको उद्घाटन गरेका छन् । मन्त्री राईले बसपार्क उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ‘म क्षमा प्रार्थी छु की कोहलपुर बसपार्क उद्घाटनको समय नगर प्रमुख लुट बहादुर रावतले पहिले नै तयार गर्नु भएको थियो । तर त्यो मितिमा आउन म नसकेर मैले रिबन काटेर बसपार्कको उद्घाटन नगर प्रमुखबाटै गर्नुहोस् र पछि अनौपचारिक वा औपचारिक गर्नु होला भनेर भनेको थिए र उहाँले औपाचारी तपाईबाट हुन्छ भन्नु भएको थियो । यसका लागि विशेष धन्यवाद दिन चाहान्छु ।’ दुई पटक बसपार्क उद्घाटन कसरी भन्ने प्रश्नको जवाफ दिँदै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले पहिलो पटक बसपार्कमा बस सञ्चालन गरिएको र दोस्रो पटक बसपार्कको औपचारी उद्घाटन मन्त्री राईद्धारा गरिएको जवाफ दिएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले आधुनिक बसपार्क निर्माण भएपछि एकैपटक बसपार्कको उद्घाटन गरी बस सञ्चालनमा ल्याएको भए राम्रो हुने भन्दै बसपार्क एकैपटक उद्घाटन गर्न कोहलपुर नगर विकास समिति चुकेको बताएका छन् । साथै उनले बसपार्कको अत्याधुनिक संरचनामा सपिङ कम्पलेक्स समेत हो तर कालोपत्रे मात्र गरेर निर्माण सम्पन्न भएको भन्नु गलत भएको बताएका छन् । कोहलपुर नगर विकास समितिका निवर्तमान अध्यक्ष अबराज खड्काको पालामा निर्माण भएको छोटो दुरीको कोहलुर बसपार्कका १ सय १० मिटर लम्बाईका १३ वटा लेन रहेका छन् । सो बसपार्कमा १२ वटा काउण्टर रहेको र सुदुरपश्चिम प्रदेश, कर्णालि प्रदेश, काठमाण्डौं लगायत भारतका लागि बसहरु सञ्चालनमा आईरहेको जनाईएको छ ।
कोहलपुरको विकास अब हुन्छ ः मन्त्री राई
नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले कोहलपुरको विकासका लागि आफु लागि परिरहेको बताएका छन् । मन्त्री राईले आगामी दिनमा कोहलपुरको भौतिक पूर्वधार लगायत, सभाहल, हाइजन लाइटका दर्जनौ विकास निर्माणका कार्यले तिव्रता पाउने र यसै आर्थिक वर्षदेखी कोहलपुरले विकासको फड्को मार्ने बताएका छन् । ‘मैले नेपालगञ्जको विकासमा ध्यान दिएको थिए, अब कोहलपुरको विकास हुन्छ’ उनले भने ‘घरको विकास भए छिमेकीको विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गरीरहेको छु, कोहलपुरमा ठुलाठुला विकासका आयोजनाहरु आगामि दिनमा आउँछन् ।’ साथै उनले कोहलपुरको विकास र समृद्विका लागि स्थानिय सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्वता समेत व्यक्त गरेका छन् । बाँकेको आर्थिक केन्द्र रुपमा कोहलपुर र नेपालगञ्ज नै भएकाले आधुनिक शहरका रुपमा विकास गर्न सबै जुट्नुपर्नेमा मन्त्री राईले जोड दिएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुररावतले कोहलपुर आधुनिक शहरका रुपमा विकास गर्नका लागि दिर्घकालिन सोचका साथ विकासका कामहरु भईरहेको बताएका छन् । साथै उनले केहि समय भित्र लामो दुरीको आधुनिक बसपार्क निर्माणको कार्य सञ्चालन गरिने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपाका नेता नरेन्द्र पोण्डेले कोहलपुरमा छोटो दुरीको बसपार्क निर्माणसँगै जनतालाई यात्रा गर्न सहज भएको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता विरेन्द्र शाहले सुरक्षा निकाय, यातायात व्यवसायी र जनता बिचको सहकार्यले यातायात क्षेत्रलाई जनताको भावना अनुसार सेवा दिन सकिने भन्दै बसपार्क सञ्चालनमा आएसँगै कोहलपुर बसपार्क सुरक्षित रहेको सन्देश दिने गरी सबैले काम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले नीजि क्षेत्रले स्थानिय निकायसँग सहकार्य गरी कोहलपुरको विकास र समृद्विका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत जनाएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरविकास समितिका निवर्तमान अध्यक्ष अबराज खड्काले विभिन्न चुनौतिका बिच सबैको सहकार्यमा बसपार्क निर्माण गर्न सफल भएको भन्दै बसपार्कको सुरक्षालाई विशेष ध्यान दिन अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरविकास समितिका सदस्य बलराम शर्माले कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण भईरहेको भन्दै जग्गाको संरक्षणका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुर बसपार्क निर्माण भएसँगै आधुनिक सपिङ कम्प्लेक्सको निर्माण कार्य तत्काल अगाडि बढ्नुपर्ने बताएका छन् ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख एमव् कोहलपुर नगरविकास समितिका अध्यक्ष लुट बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *