कोहलपुर काँग्रेसद्धारा सम्पर्क कार्यालय उद्घाटन

नेपाली काँग्रेस कोहलपुरले कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । आगामि मंसिर १४ गते हुने स्थानिय तहको उपनिर्वाचन २०७६का लागि काँग्रेस प्रचार प्रसार समितिले सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेपाली काँग्रेसले वडा नं. ६ को वडा अध्यक्षमा श्रीकृष्ण थारुलाई उम्मेद्वार बनाएपछि सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै स्वतन्त्रता सेनानी धन बहादुर खड्काले लोकतन्त्र र जनताको अधिकार सुरक्षित गर्नका लागि नेपाली काँग्रेसको विजय आवश्यक रहेको बताएका छन् । साथै उनले वडा नं. ६ मा नेपाली काँग्रेसले नै विजय भएको भन्दै उपनिर्वाचनबाट पनि काँग्रेस विजय हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले नेपाली काँग्रेसका वटा उम्मेद्वार बनेका श्रीकृष्ण थारुलाई अत्याधिक बहुमतका साथ विजय गराउनका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै स्थानिय जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गरिरहेको बताईन् । साथै उनले जनताका साँझा समस्याहरुलाई आत्मासाथ गरी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरीरहेको बताउँदै वडा अध्यक्षमा निर्वाचत भएपछि जनताकै काम गर्ने प्रतिवद्धता समेत जनाएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार श्री कृष्ण थारुले जनताले मत दिएर निर्वाचित गराउन अनुरोध गर्दै आफुले जितेको अवस्था जनताकै सेवा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रचार प्रसार समितिका संयोजक लिल बहादुर रानाले सबैको साथ र सहयोगबाट निर्वाचन जित्न सक्ने भन्दै निर्वाचनमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायत स्थानियको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *