कोहलपुर नगरद्धारा छड्के अनुगमन

बाँकेको कोहलपुर नगरपालिकाले छड्के अनुगमन गरेको छ । कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्री नेतृत्वको टोलिले कोहलपुर नगरपालिका वडा नं. १४मा रहेका मासु पसल, बासपार्कमा रहेका मासु पसलको अनुगमन गरेको छ । केहि समय पहिले अनुगमन गरेका मासु पसलहरुले मापदण्ड पुरा गरे वा नगरेको बारेमा जानकारी लिनकालागि छड्के अनुगमन गरिएको संयोजक खत्रीले जानकारी दिएका छन् । जनताको स्वास्थ्यसँग प्रत्येक्ष जोडिएको मासु व्यवसायीहरुले न्यूनतम मापदण्ड पुरा गर्नका लागि पटक पटक निर्देशन दिँदा पनि सो निर्देशन पालन नगरेको पाईएकाले छड्के अनुगमन गरिएको उनले बताएका छन् । कोहलपुर नगरपालिकाले केहि निश्चित मापदण्ड बनाएर अनुगमनलाई विशेष जोड दिईरहेको कोहलपुर नगरपालिकाका प्रतिनिधि इन्द्रमणि ढकालले जानकारी दिएका छन् । कोहलपुरलाई स्वच्छ र सुन्दर बनाउनका लागि कोहलपुर नगरपालिका बजार अनुगमन टोलि लागि परेको बताएका छन् । यसका साथै कोहलपुर नगरपालिका भित्रका ग्याँस, खुद्रा पसल, मासुपसल लगायत अन्यको पनि अनुगमन गरिरहेका छ । कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले बजार अनुगमन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *