मोदीको हत्या गर्ने योजना बनाइएको खुलासा : पूर्वप्रधानमन्त्री गान्धीकै शैलीमा मोदीको हत्या गर्ने योजना

नयाँ दिल्ली, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने योजना बनाइएको खुलासा भएको समाचार बाहिर आएको छ । भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको माओवादी भारतमा नक्सालवादीको नामले परिचित छ । प्रहरीको गिरफ्तारीमा परेका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिठी समेत बरामद गरेको समाचारमा भनिएको छ । सो चिठीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी गरिएको छ ।

भारतीय प्रहरीका अनुसार चिठीमा पूर्वप्रधानमन्त्री राजिव गान्धीकै शैलीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको छ । सो चिठी एक नक्सालवादी कार्यकर्ताको कम्युटरबाट बरामद गरिएको भारतको पुणेस्थित प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चामाध्यामहरुले समाचारमा भनेका छन् ।
( भारतीय सञ्चार माध्यमको सहयोगमा )

ट्रम्पसँगको भेटवार्तामा यस्तो छ किम जोंग उनको एजेन्डा

उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताबीच हुने ऐतिहासिक भेटघाटको तयारी पूरा भइसकेको छ ।

दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् ।

यदि सबैकुरा निर्धारित तालिका अनुरुप भए मंगलबारको दिन यो ऐतिहासिक भेटघाट सम्भव हुनेछ ।

अमेरिकाले भेटघाट अपघ उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर यसको बदलामा उत्तर कोरिया के चाहन्छ त्यो स्पष्ट हुन सकेको थिएन ।

तर अब उत्तर कोरियाली नेता किम जोंग उनले डोनल्ड ट्रम्पसँगको आफ्नो भेटघाटको एजेन्डा केही हदसम्म स्पष्ट पारेका छन् ।

उनका अनुसार उनी ट्रम्पसँग ‘पूर्णतः शान्ति स्थापित गर्ने तरिका’ बारे कुराकानी गर्नेछन् ।

किमले संसारभरीको नजर यो भेटघाटमा अडिएकोसमेत बताएका छन् । यता ट्रम्पले भने उक्त भेटघाट सकारात्मक हुने महसुस भएको बताएका छन् ।

परिवर्तित युगको सुरुवातः

उत्तर कोरियाको सरकारी समाचारपत्रमा प्रकाशित एक सम्पादकीयले अमेरिकासँग सामान्य सम्बन्ध स्थापित गर्ने सम्भावनामा चर्चा हुनेछ भनी संकेत दिएको छ ।

सरकारी समाचारपत्र ‘रोडोंग सिनमुन’ ले आफ्नो सम्पादकीयमा लेखेको छ – प्योंगयांग अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने दिशामा काम गर्नेछ ।

‘पहिले हाम्रो कुनै देशसँगको सम्बन्ध निकै खराब रहेको भएपनि हामी यो मान्यता राख्छौं कि यदि उक्त देशले हाम्रो स्वतन्त्रताको सम्मान गर्छ भने हामीले पनि त्यो देशसँग कुराकानीमार्फत सामान्य सम्बन्ध कायम गर्नुपर्छ,’ सम्पादकीयमा लेखिएको छ ।

यस्तै, उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएको तर्फबाट जारी गरिएको एक बयान अनुसार दुबै नेता कोरियाली प्रायद्वीपमा निश्चित र लामो समयसम्म स्थापित हुने शान्ती प्रक्रियामाथि कुराकानी गर्नुका साथै कोरियाली प्रायद्वीपको परमाणु निश्शस्त्रीकरण र अन्य साझा मुद्दामा कुराकानी हुनेछ ।

उक्त बयानमा यो एक परिवर्तित युगको सुरुवात भएको बताइएको छ ।

ट्रम्पको तयारी ?

बीबीसीका उत्तरी अमेरिकाका सम्पादक जोन सोपेलले भने, ‘आज हामी जुन भेटघाटको प्रतिक्षा गरिरहेका छौं त्यो पारम्परिक राजनीतिक बाटोबाट त कहिले सम्भव नै हुन सक्दैनथ्यो ।’

उनी थप्छन्, ‘हामी यहाँसम्म यसकारण आइपुगेका छौं किनभने राष्ट्रपति ट्रम्पले पारम्परिक कूटनीतिक तरिकालाई तोडेर नयाँ बाटो अपनाए ।’

जोनका अनुसार अमेरिकी राष्ट्रपतिले उक्त भेटघाटका लागि कुनै तयारी नगरेको बताएका छन् ।

कोरियाली प्रायद्वीपको परमाणु निश्शस्त्रीकरण कस्तो प्रकारको होला, यसका लागि कुन प्रक्रियाको पालना गरिनेछ, त्यो अहिलेसम्म तय भएको छैन ।

यस्तै, यसको बदलामा अमेरिकाले उत्तर कोरियासँग आर्थिक प्रतिबन्ध कति हदसम्म हटाउनेछ र उत्तर कोरियाको सुरक्षाको कस्तो प्रत्यायभूती हुनेछ, यी सबै कुरा अत्यधिक जटिल छन् ।

जोनका अनुसार जेसुकै होस् यो भेटघाट एक सकारात्मक कदम हो ।

आइतबार सिंगापुर पुगेपछि दुबै नेता अलग होटलमा बसिरहेका छन् । एकतर्फ जहाँ किम सिंगापुरको पाँचतारे होटल सेन्ट रेजिसमा बसिरहेका छन् भने ट्रम्प त्योभन्दा केही परको सांग्रिला होटलमा बसिरहेका छन् ।

दुबैको भेट सेनटोसा द्वीपको कपेले होटलमा हुने निश्चित भएको छ ।

युएई विरुद्ध खेल्न आज नेपाली टिम जाँदै

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम आज युएई प्रस्थान गर्दैछ।

नेपाली टिमले युएईसँगको च्याम्पियनसिप खेल्नुअघि अमेरिका र केन्यासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ।

मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो। यसअघि हङकङसँग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले स्थान बनाएका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसँग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु(१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु(१९ एसिया कपमा अफगानिस्तानसँग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

हङकङसँग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन(२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसँगै डिभिजन(२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन(२ मा उत्कृष्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप आगामी साता सकिँदै छ।

च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।

नेपाली टिम –

पारस खड्का ९ कप्तान ० , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

डब्लुसिएलका अन्तिम चरणका खेल मंसिर २० र २२ गते

नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्यान्ड
हङकङ भर्सेस पपुवा न्युगिनी
नेदरल्यान्डस भर्सेस नामिबिया

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना : चौधरी

नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भए पनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए ।

‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’ चोधरीले भने । त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उनले बताए । तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आज सम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, तीन हजार मेगावाटभन्दा बढीका पावर प्लान्ट निर्माण हुनु, तीन÷तीन ओटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।

बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुगेका चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पाटी भएको दाबी गरे ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गरे ।

ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले धार्मिक मान्यता, सद्भाव र प्राकृतिकरुपमा नेपाल संसारकै नमुना रहेकाले सबै क्षेत्रको विकास र दीर्घकालिन व्यवस्थापनबाट समृद्धि हाँसिल हुने चर्चा गरे । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा समेत सहभागी भए ।