विकास र समृद्विका लागि सहकार्य आवश्यक ः मन्त्री यादव

कोहलपुर, माघ १५
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवल देशको विकास र आर्थिक समृद्विका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । बाँकेको कोहलपुरमा सोमबारदेखि कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को उद्घाटन गर्दै देशमा आन्दोलन र विरोध नभएर आर्थिक समृद्धिका लागि एक भएर लाग्नु पर्ने भन्दै आर्थिक समृद्विका लागि नेपालका राजनीतिक दल, सरकार, नीजी क्षेत्र तथा विभिन्न निकायलगायत सबैलाई सहकार्यका लागि आग्रह समेत गरेका छन् । ‘देशमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने समय आयो’ उनले भने ‘सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, देशमा हिंसात्मक आन्दोलन होईन्, सकरात्मक सोच सहितको विकासमा सबै लागैं र सरकार सबैलाई समेट्न चाहान्छ ।’ साथै उनले कोहलपुरलाई नेपालको नमूना शहरका रुपमा विकास गर्नका लागि दिर्घकालिन योजना बनाउन पनि स्थानिय सरकार र कोहलपुरका क्रियाशिल राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् । मन्त्री यादवले कृषिमा आधारित उद्योग, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकतामा हुनु पर्ने भन्दै सरकारले नीजि क्षेत्रका लागि लगानीमैत्री वातारण निर्माण गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै महोत्सव मुल समारोह समितिका संयोजक चक्र बहादुर अधिकारीले कला संस्कृति पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका छन् । त्यस्तै महोत्सव मुल समारोह समितिका सह–संयोजक बलाराम भट्टराईले महोत्सवले कोहलपुरको साँस्कृतिक पहिचानलाई चिनाउन मह्रत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश नं. ५ का कृषि सहकारी तथा भूमिसुधारमन्त्री आरती पौडेलले प्रदेश नं. ५ को सरकारले कृषिलाइ्र्र आधुनिक र वैज्ञानिक बनाउनका लागि विशेष नीति लिएको बताउँदै्र संघिय कानून बनेको खण्डमा जनतालाई लालपूर्जा दिनका लागि फिता लिएर किसानकै खेतबारीमा पुग्ने बताएकी छिन् । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले प्रदेश नं. ५ को राजधानी दुई तिहाई बहुमतबाट तोकिने कानूनि व्यवस्था भएकाले अब प्रदेशको राजधानी दुइ्र्र तिहाई बहुमतबाटै टुङ्गिनेमा जोड दिएका छन् ।
कार्यक्रममा पूर्णाकुमारी सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेल लगायतले महोत्सव कला संस्कृतिको विकास र स्थानीय उत्पादन प्रवद्र्धनको अलौकिक साधन हुने विश्वास व्यक्त गरे । विभिन्न किसिमका झाँकी प्रदर्शनसहित कोहलपुर बजार परिक्रममा पछि महोत्सव शुरु भएको थियो । ‘कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव आगामी २५ गतेसम्म संचालन हुने छ । महोत्सवमा विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती आकर्षणको रुपमा राखिएको छ ।

सप्तरीको पीडा : बाढीसँगै बग्छ करोडौंको बजेट

राजबिराज ,३० जेष्ठ । सप्तरी सहित तराई मधेशका जिल्ला बर्सेनि गाउँ तथा सप्तरीको अधिकांस क्षेत्र डुबानमा पर्छ । बर्सेनि परिवार विस्थापित हुन्छन् । बर्सेनि करोडौं खर्चिएर तटबन्ध गरिन्छ, तर बर्सेनि बनाएको तटबन्ध बाढीको प्रवाहमा बगेर जान्छ्न । यसको फल स्वरुप न्यून बजेट, लापरबाहीपूर्ण निर्माण, कमजोर संरचना हो ।

जिल्लाको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया,लौनिया, विषहरिया, दिघवा, तोपा, पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहा, भरुवा, मलेठ, डुमरी शिवथान , पौवाटोल , राजबिराज नगरपालिका तथा सप्तरीको केही भुभाग लगायतका ठाँउमा बाढीका कारण ३१ हजार १ सय ७० घरमा क्षति पुगेको सरकारी तथ्यांक छ । सप्तरीको विभिन्न नदि तथा खोलामा आएको बाढीपहिरोले उक्त घरहरुमा क्षति गरियो ।

जिल्लामा रहेको नदिहरु तथा खोलाहरुमा बर्सेनि करोडौं रुपैयाँ खर्चिन्छ तर ठोस काम नहुदा बाढीको प्रवाहमा करोडौं रुपैयाँ बगेर जान्छन् । गत बर्षा आएको बाढीले जिल्लामा मात्र १ अर्ब ४० करोड ३७ लाख २७ हजार २ सय ९४ रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांक छ ।

सप्तरी बाढीपहिरो जोखिम क्षेत्र रहे पनि समयमा त्यसको रोकथाम नहुदा सप्तरी डुबानमा पर्दै आएको हो । रोकथाम नगरिएको होइन गरिन्छ तर ठोस निर्माण कार्य नहुदा बाढीले कमजोर तटबन्ध भत्काउँदै मानव बस्ती डुबाउँछ ।

खाडो, महुली, जिता, बलान, त्रियुगा, घोरदह, भलुवाही, महुली, खडक , सुन्दरी, बिहुल तथा विभिन्न खोला लगायत नदीको कटानले जिल्ला बासी बर्सेनि विस्थापित हुन्छन् । जिल्लामा बर्सेनि करोडौं रुपैयाँ खर्च गरेर तटबन्धलगायत संरचना निर्माण र मर्मतसुधार गरिए पनि बाढी नियन्त्रण हुनसकेको छैन ।

यस वर्ष पनि खाडोमा १० करोड रुपैयाँ बजेटको नदी नियन्त्रणका काम भइरहेको छ ।त्यससँगै ६ वटा टेन्डरबाट खाडो नदीका विभिन्न स्थानमा बाँधमा बोल्डर क्रेटिङको काम जारी छ । यता १७ करोड रुपैयाँ बराबरको सप्तरीका त्रियुगा, घोरदह, भलुवाही, महुली, खडग र बिहुल नदीमा नियन्त्रणका काम जल उत्पदन नियन्त्रण कार्यालयको सहयोगमा भइरहेको छ ।

गत वर्ष जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लहानबाट २२ करोड रुपैयाँ खर्च गरियो । तर महुली खोलाले पोर्ताहामा ३ सय मिटर, मयनाकरेडीमा ६ सय मिटर, लोहजाराका ४ स्थानमा गरी ३ सय मिटर बाँध बगाएको थियो । त्यसतै बान्द्रा खोलाले रघुनाथपुरका ५० मिटर, सुन्दरी खोलाले कञ्चनरूप नगरपालिका ७ मा ३ सय मिटर कटान गरेको थियो । जिल्लाको लौनिया, विषहरिया, दिघवा, तोपालगायत स्थानमा १ हजार मिटरभन्दा बढी तटबन्ध बाढीले कटान गरेको थियो । (कान्तिपुुर दैनिकको सहयोगमा)

राष्ट्र बैंकका कारण सेयर बजारमा उतारचढाव

बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धि गर्ने नेपाल राष्ट्र बैंकको नीतिका कारण नेपालको सेयरबजारमा तीव्र उतारचढाव आएको देखिएको छ । पुँजीवृद्धिको निर्णयपछि सुरुका दिनमा हकप्रद र बोनस सेयरको लोभमा पुँजीबजारमा अत्यधिक माग बढेको थियो । त्यसले सेयर परिसूचक नेप्सेलाई १८८१ विन्दुको उच्च तहमा पुर्‍याउन मद्दत गर्‍यो । र बोनस र हकप्रद सेयरको बाढी आएपछि पछिल्ला दिनमा परिसूचक निरन्तर घटिरहेको छ ।

आर्थिक वर्ष ०७३-७४ मा नेपाली धितोपत्र बजारमा १ अर्ब ६३ करोड ८२ लाख ८ हजार १ सय ९० कित्ता सेयर थपिएका छन् । नेप्सेले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा १ सय ७३ कम्पनीले बोनस सेयर जारी गरेका थिए । त्यस्तै १२ कम्पनीले आइपिओ, ३ कम्पनीहरूले एफपिओ, ७३ कम्पनीहरूले हकप्रद सेयर जारी गरेका थिए भने तीन म्युचुअल फन्ड र पाँच बन्ड बजारमा आएको थियो ।

आर्थिक वर्ष ०७२-७३ मा २ सय ३० कम्पनीको कुल सूचीकृत सेयर संख्या २ अर्ब १० करोड ५४ लाख ३७ हजार कित्ता रहेको थियो । सो संख्यामा वृद्धि भएर समीक्षा अवधिमा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार पुगेको छ । तर, कम्पनीहरूको संख्या भने घटेर २ सय ८ मा सीमित भएको छ । सो अवधिमा कुल सेयर संख्या गणीतय हिसाबमा हेर्दा ३ अर्ब ७३ करोडभन्दा बढी हुन्छ । तर, कम्पनीहरूको मर्जर र एक्विजिसनले गर्दा सूचीकृत सेयर संख्या २ अर्ब ९६ करोड मात्र भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

बजारमा किन बढ्यो सेयर संख्या
नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई २०७४ पुससम्म ८ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने निर्देशन दिएको छ । त्यसैगरी राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकालाई ५० करोड, राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्सलाई ८० करोड र एकदेखि तीन जिल्लाका फाइनान्सलाई ४० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

निर्देशनपछि थपिए २ अर्ब ८४ करोड कित्ता सेयर
७ साउन ०७२ मा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । सो निर्देशनपश्चात् चालू आवको पुस मसान्तसम्ममा धितोपत्र बजारमा २ अर्ब ८४ करोड ७१ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भइसकेको छ । सोमध्ये आव २०७२-७३ मा २७ करोड ८९ लाख कित्ता, आव २०७३-७४ मा १ अर्ब ६३ करोड ८२ लाख कित्ता र आव २०७४-७५ को पुस मसान्तसम्ममा ९२ करोड ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

‘केन्द्रीय बैंककै निर्देशनले चुक्ता पुँजी पुर्‍याउन कम्पनीहरूले बोनस तथा हकप्रद सेयर जारी गरेका कारण बजारमा आपूर्ति बढेको हो ।’ नेप्सेका प्रवक्ता पराजुलीले भने, ‘आपूर्ति बढे पनि बजारमा सोअनुसारको माग छैन । यहीकारण बजार घट्न केही दबाब पुगेको छ ।’

सेयर आपूर्ति बढे पनि बजार विस्तार भने हुन सकेको छैन । आजभन्दा १० वर्ष पहिलेजस्तो सेयरबजारको अवस्था थियो अहिले पनि त्यस्तै रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । उनले भने, ‘सेयर संख्यामा विस्तार भए पनि खपत गर्ने पुँजीबजारका पूर्वाधार विस्तार नभएका कारण बजारले आपूर्ति थाम्न नसकेको हो ।’

बजारमा मागभन्दा बढी आपूर्ति भएका कारण सेयर मूल्य दिनानुदिन घट्दै गएको उनको भनाइ छ । ‘अनलाइन कारोबार, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने कार्य भए बढ्दो आपूर्ति थाम्न सकिन्छ,’ उनले भने । त्यस्तै, राजधानीकेन्द्रित सेयर बजारलाई विकेन्द्रित गर्न सकेमा बजारमा माग बढाउन सकिने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीको भनाइ छ । उनले भने, ‘केही ब्रोकर कम्पनीहरू बाहिर गएका छन् । तर, यो अझ अपुग छ । अनलाइन कारोबार र लगानीकर्ता चेतनामूलक कार्यक्रमहरू गर्न सकिए बजारमा माग बढाउन टेवा पुग्नेछ ।’

६ महिनामा ७ प्रतिशत बढ्यो सार्वजनिक निष्कासन
चालू आवको प्रथम ६ महिनामा सार्वजनिक निष्कासन भएको सेयर संख्या ६ दशमलव ९८ प्रतिशत बढेको छ । सो अवधिमा सार्वजनिक निष्कासनको रकम भने ३० दशमलव ४५ प्रतिशत बढेको छ । सो अवधिमा ४६ वटा कम्पनीलाई २७ अर्ब ७६ करोडबराबरको सार्वजनिक निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।

पुस मसान्तसम्ममा नौवटा कम्पनीले २ अर्ब ८६ करोड रकमबराबरको आइपिओ अनुमति पाएका छन् । त्यस्तै तीनवटा कम्पनीले २ अर्ब ६७ करोडबराबरको एफपिओ, चारवटा म्युचुअल फन्डले ४ अर्ब ७० करोडबराबरको एकाइ तथा ३० वटा कम्पनीले १७ अर्ब ५३ करोडबराबरको हकप्रद निष्कासन गर्न अनुमति पाएका छन् । गत आवको तुलनामा बोनस सेयरमा भने कमी आएको छ । गत आवको पुस मसान्तसम्ममा ५२ कम्पनीको १० अर्ब ८९ करोडबराबरको बोनस सेयर सूचीकृत भएको थियो । चालू आवको सोही अवधिमा ३० कम्पनीले ७ अर्ब ८२ करोडबराबरको मात्र बोनस सेयर सूचीकृत गराएका छन् ।

सो अवधिमा १५ कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँबराबरको आइपिओ निष्कासनका लागि आवेदन दिएका छन् । सोमध्ये ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातमा अध्ययन भइरहेको छ । अन्य १० कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधन गर्न पठाइएको छ । त्यसैगरी, ११ अर्ब ७६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि १७ कम्पनीले आवेदन दिएका छन् । सोमध्ये तीन कम्पनीलाई अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको, तीनवटा कम्पनीको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भइरहेको र ११ वटा कम्पनीको आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

सेयर बजारमा अढाइवर्षे उतारचढाव
राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिँदा २०७२ साउनको पहिलो साता नेप्से परिसूचक १ हजार ५३ बिन्दुमा थियो । सो निर्देशनपछि सेयर बजारमा उत्साह थपियो । त्यसपछि बजारमा बुलिस ट्रेन्ड देखिएको थियो । नेप्से परिसूचक निरन्तर उकालो लागेर १ हजार ८ सय ८१ को ऐतिहासिक उचाइमा पुग्यो । सो अवधिमा नेप्से ७८ दशमलव ६३ प्रतिशत बढेको थियो । चुक्ता पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरूले हकप्रद, बोनस तथा एफपिओ जारी गर्न थालेपछि बजारमा सेयर आपूर्ति बढ्यो । आपूर्ति थाम्न नसकेपछि बजार ओरालो लाग्न दबाब पुग्यो । सो विन्दुबाट ओरालो लागेको नेप्से मंगलबार १ हजार ३ सय ९४ विन्दुमा पुगेको छ । यो उच्च विन्दुभन्दा २५ प्रतिशत कम हो ।

युएई विरुद्ध खेल्न आज नेपाली टिम जाँदै

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम आज युएई प्रस्थान गर्दैछ।

नेपाली टिमले युएईसँगको च्याम्पियनसिप खेल्नुअघि अमेरिका र केन्यासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ।

मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो। यसअघि हङकङसँग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले स्थान बनाएका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसँग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु(१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु(१९ एसिया कपमा अफगानिस्तानसँग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

हङकङसँग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन(२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसँगै डिभिजन(२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन(२ मा उत्कृष्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप आगामी साता सकिँदै छ।

च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।

नेपाली टिम –

पारस खड्का ९ कप्तान ० , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

डब्लुसिएलका अन्तिम चरणका खेल मंसिर २० र २२ गते

नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्यान्ड
हङकङ भर्सेस पपुवा न्युगिनी
नेदरल्यान्डस भर्सेस नामिबिया

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना : चौधरी

नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भए पनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए ।

‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’ चोधरीले भने । त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उनले बताए । तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आज सम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, तीन हजार मेगावाटभन्दा बढीका पावर प्लान्ट निर्माण हुनु, तीन÷तीन ओटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।

बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुगेका चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पाटी भएको दाबी गरे ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गरे ।

ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले धार्मिक मान्यता, सद्भाव र प्राकृतिकरुपमा नेपाल संसारकै नमुना रहेकाले सबै क्षेत्रको विकास र दीर्घकालिन व्यवस्थापनबाट समृद्धि हाँसिल हुने चर्चा गरे । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा समेत सहभागी भए ।