औंराह बाबा मन्दिर निर्माणकालागि धार्मिक महोत्सव संचालन गरिदै

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको औंराह बाबा शिव शक्ति मन्दिर निर्माणकालागि धार्मिक महोत्सव संचालन गरिने भएको छ ।
यहि भाद्र २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।
धार्मिक महोत्सव तयारी अन्तिम चरणमा पुगेको औंराह बाबा शिव शक्ति मन्दिर समितिका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिए । साढे चार कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको उचित संरक्षण हुन नसक्दा भौतिक संरचना जिर्ण हुनुका साथै मन्दिरको जग्गा समेत अतिक्रमणको सिकार हुन थालेको गौतमले बताए ।
उक्त मन्दिरको जग्गा संरक्षण गर्नका र त्यस क्षेत्रमा मन्दिर निर्माणको लागी स्थानिय बासिन्दा ,समाज ,सेवी , राजनितिक दल ,व्यापारी लगाउको सहभागिताले मन्दिर निर्माणको लागी परेको अध्यक्ष गौतमले वताए । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा दाता पहिचान उप समितिका संयोजक चक्र वहादुर अधिकारीले आफुहरुले दाताको पहिचान गरेर सवैलाई पत्रचार गरिएको र अन्य लाई पनि पत्र पठाउने कार्य जारी रहेको वताए । अधिकारीले अन्य धार्मिक महोतसव भन्दा सवै हिसाव धर्मावलीहरु माझ पारर्दसी तरीकाले राख्ने समेत वताए । धार्मिक महोत्सव निर्माण उप समितिका संयोजक खुम वहादुर के.सीले सवै निर्माणकाम सम्पन्न भैसकेको वताए । स्थानिय युवा नेता पुर्ण प्रसाद आचार्यले धार्मिक महोत्सवमा सवैको सहयोग रहेमा मात्र महोत्सव सम्पन्न गर्न सजिलो हुने भएकोले सवै कोहलपुर नगरवासी तथा धार्मिक भक्त जनहरुलाई सहयोग गर्न आग्रह समेत गरे । अहिले आर्थिक अभावले मन्दिरको महत्व समेत घट्दै गएकाले महायज्ञ मार्फत मन्दिरलाई पुनः पुरानै स्वरुपमा फर्काउने प्रयास गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोलीदेखि संचालन गरिने महायज्ञको बिहान ९ः३० बजेदेखि कलस यात्रा सुरु गरिने महायज्ञ आयोजकले जनाएको छ । आईतबार पत्रकार सम्मेलन गरी महायज्ञको उद्देश्य र तयारीका बारेमा जानकारी गरार्ईएको हो ।
महायज्ञमा हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पुजा र ८ बजेदेखि पाठ परायण गरीनुका साथै बिहान १० देखि ४ बजेसम्म कथा, प्रवचन र झाँकी प्रदर्शन गरीने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म झाँकी, कथा प्रवचन र भजन कीर्तन तथा बिहान ६ देखि बेलुका ६ बजेसम्म शालिग्राम भगवानको पुजा अर्चना गरीने बताईएको छ ।

रुरुक्षेत्र धामलाई विश्व सामु चिनाउन विराट ज्ञान महायज्ञ हुने

कोहलपुर २४ साउन /नेपालकै चारधाम मध्येको मुख्य धाम गुल्मी, स्याङजा र पाल्पाको संगम स्थल रुरुक्षेत्र धाममा यहि आउँदो भदौ २८ गतेदेखि असोज १७ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सो धामलाई विश्वमै चिनाउने उद्देश्यले ज्ञान महायज्ञ सञ्चालन गरिन लागेको आयोजकले जानकारी दिएको छ । सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी पृत उद्धार गरीने,२१ करोड दिप प्रज्वलन गरिने,देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।

ऐतिहासिक रुपमा सञ्चालन हुने महायज्ञमा सहभागी बन्न यतिबेला गुल्मीसँगै जिल्ला बाहिरबाट पनि सम्पर्क बढिरहेको छ । भने केही व्यक्तिहरुले दान प्रदान गरिरहेका छन । ऐतिहासिक ज्ञान महोत्सवलाई सफल बनाउनका लागि यतिबेला प्रचार–प्रसारलाई समेत तिव्र पार्न थालिएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरुको उल्लेखीय सहभागीता गराउने लक्ष्य राखिएको बताईएको छ । यस महायज्ञबाट रुरु क्षेत्रधामको विशेष प्रचारप्रसारका साथै यसको महिमा बढ्ने बिश्वास व्यक्त गरिएको छ ।

भाद्र २८ गते देखि असोज १७ गते सम्म संचालन हुने महायज्ञमा रु २१ सयमा कर्ता बनि पुजन गर्न सकिने बताइर्एको छ । ऐतिहासिक रुरु धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ २०७६ मा सहभागी भइ रुरु क्षेत्र धाम लाई विश्व सामु चिनाउन सबैलाई आग्रह समेत गरिएको छ महायज्ञमा १ सय ८ तीर्थस्थल्को जलसहित हेलिकप्टरबाट पुष्प वृष्टि गरिने भएको छ ।

महायज्ञमा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता श्री बालयोगेश्वर महाराजीको संगीतमय कथा बाचन रहने बताइएको छ । त्यस्तै ५ हजार १ सय शान्ती कलश पुजन गरिने शालीग्राम परिक्रमा गरिने १ हजार १ सय भन्दा बढी स–साना कन्याहरुको पुजन गरिने करिब २५ हजार भन्दा बढी ७० वर्ष भन्दा माथी उमेर पुग्नु भएका जेष्ठ नागरिकहरु विशेष सम्मान गरिने समाजका प्रतिष्ठित व्यक्तिहरुको सम्मान गरिने , वनारस हरिद्वार पशुपतिनाथ मा जस्तै प्रत्येक दिन काली गण्डकी को विशेष सन्ध्या आरती हुने लगायतका कार्यक्रमहरु रहेको आयोजकले जानकारी दिएको छ ।

फर्सीको मुन्टा खानुका यस्ता छन् फाइदा

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायी हुन्छ । फर्सीको मुन्टा खानाले विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ ।

फर्सीको मुन्टामा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत रहेको हुन्छ, शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

फर्सीको मुन्टा खानुको फाइदास्

पाचन प्रणाली स् फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

कोलेस्ट्रोल स् अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रजनन क्षमता स् तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्‍याउछ । जसको मद्दतले तपाईर्को प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

आँखा स् फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

मधुमेह स् मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

छाला स् फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । भिटामीन सी छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

क्यान्सर स् फाइबर एक यस्तो तत्व हो जसको सेवनले अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्‍याउछ ।

कोहलपुर एफएमद्वारा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमले नव वर्ष २०७६ को अवसरमा विशेष बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कला सांस्कृतिको संरक्षण सम्वद्र्वन तथा स्थानीय प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १का सांसद महेश्वर गहतराज अथकले समाज रुपान्तरणमा सादुयिक रेडियोह्ररुले महत्वपूर्ण भूमिका खलेको बताएका छन् । साथै उनले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्र उल्लेखनिय योगदान पु¥याएको भन्दै अब सञ्चार क्षेत्रले जनताका मुद्वाहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले जनताका आवश्यकताहरुलाई राज्यको निकायसम्म पु¥याउने माध्याम नै सञ्चार क्षेत्र भएकाले सञ्चारजगतबाटै साँस्कृतिको संरक्षण गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यापार व्यवसायिक हक र हितका लागि सञ्चार क्षेत्र सँग सहकार्य गरिरहेको बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रको विकास र समृद्विका सामुदायिक रेडियो कोहलपुर एफ एमले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका संस्थापक अध्यक्ष भानुभक्त भट्टराईले कोहलपुरको पहिचान नै सामुदायिक रेडियो भएकोले सामुदायिक रेडियो कोहलपुर एफएमलाई स्थानिय सरकारले सञ्चालन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणि वलीले स्थानिय सरकारले स्थानिय सञ्चार माध्यमको विकास र सम्बद्र्वन गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका प्रबन्धक तेज प्रसाद अधिकारीले यस क्षेत्रको विकासका लागि सबै सँग रेडियो सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टिकापुन, गायक कृष्ण रेउले, र सपना शाहीको विशेष प्रस्तुती रहेको थियो । कार्र्यक्रममा सहयोग गर्ने सहयोगदाता तथा विज्ञापनदातालाई समेत सम्मान गरिएको थियो ।

आजको राशिफल (वि.सं. २०७५ ज्येष्ठ ३१ गते बिहीबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

आजको राशिफल (वि.सं. २०७५ ज्येष्ठ ३० गते बुधबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा डर र चिन्ताले निवास गर्नेछ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । त्यसैले आत्मबल बढाएर हिम्मतका साथमा काम गरेमा आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनसक्छ । प्रेमको बन्धन कसिने बेला छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

आजको राशिफल (वि.सं. २०७५ ज्येष्ठ २८ गते सोमबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।
आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

किन बिहे नगरेको ? कारण यी पनि हुन सक्छन्

जब तपाईंको उमेरले २५ बर्ष पार गर्छ, तपाईंले सबैभन्दा बढी झेल्ने प्रश्न के होला ? सोच्नुहोस् त । कति पढेको छौं ? जागिर के छ ? कति कमाउँछौं ? कसको छोरो ? भविष्यमा के गर्ने बिचार छ ?
यी त सहायक प्रश्न भए । तपाईं अझ बढी घोत्लिनुहोस् त । पक्कैपनि तपाईंले बढी झेलेको प्रश्न हो, ‘किन बिहे नगरेको ?’
अबिबाहितको हकमा यी प्रश्नले सबैभन्दा बढी रिंगाइदिन्छ । यतिबेला तपाईं के जवाफ दिनुहुन्छ ?  भन्नुहोला, ‘बिहे गर्ने उमेर भा, छैन यार ।’ भन्नुहोला, ‘आफ्नो खुट्टामा उभिएपछि गरौंला नि, के हतार गर्नु ।’ भन्नुहोला, ‘मिल्दो जोडी पाएकै छैन, बरु यसो सोधीखोजी गरौं न ।’ भन्नुहोला, ‘पढाई चल्दैछ, करियर बनाएपछि गर्ने हो ।’
यी जावफहरुले त तपाईंलाई उम्कन सजिलो बनाउँछ । तर, तपाईंको मनभित्र पनि कताकता लाग्दो हो, ‘हैट, यत्तिकै बुढो पो भइने हो कि ?’

लर्के जोवनले छोपेपछि
नेपालीमा एउटा भनाई छ, ‘बिहेबारी, बिस बर्षपारी ।’ खासमा बिबाहका लागि शारीरिक तथा मानसिक परिपक्कता हुनुपर्छ भन्ने आशयमा यो भनाई आएको हो । तर, २० बर्ष पार गर्नसाथ हामीलाई सबैभन्दा बढी खेद्ने प्रश्न भनेको ‘अब बिहे गर्ने बेला भएन र ?’ नै हो । पूर्विय संस्कारमा पनि बिहेको निश्चित उमेर तय गरिएको छ । विद्या आर्जन गरिसकेपछि, शीप, दक्षता, क्षमता, ज्ञानले परिपूर्ण भइसकेपछिको समय घरगृहस्थीको लागि हो ।
अवस्था के पनि छ भने, निश्चित उमेरमा घरजाम गरिएन भने बुढ्यौलीमा दुख पाइन्छ । आफ्नो उर्जा, जोश, ताकत सबै शिथिल हुँदै गएपछि बिबाह गर्दा धेरै कुरा असन्तुलित हुनपुग्छ । त्यही कारण पनि निश्चित समयभित्र बिबाह गरिसक्नुपर्छ भनिन्छ । यावत् कारण पनि २२ वा २५ बर्ष उमेर पार गरिसकेपछि ‘बिबाह कहिले गर्ने ?’ भन्ने प्रश्न सोधिन्छ, जो स्वभाविक हो ।

अबिबाहित किन ?
कतिपय त लभ-रिलेसनमा हुन्छन् । उनीहरु आफ्ना प्रेम सम्बन्धलाई उचित मौका मिलाएर ‘ह्याप्पी इन्डिङ’ गर्ने तरखरमा हुन्छन् । अर्थात बिबाह गर्ने योजनामा हुन्छन् । तर, कतिपयको भने अफेयर नै हुँदैन । न उनीहरुले बिहेको कुनै तयारी नै गरेका हुन्छन् । कतिपय त लभ-रिलेसनमा हुन्छन् । उनीहरु आफ्ना प्रेम सम्बन्धलाई उचित मौका मिलाएर ‘ह्याप्पी इन्डिङ’ गर्ने तरखरमा हुन्छन् । अर्थात बिबाह गर्ने योजनामा हुन्छन् । तर, कतिपयको भने अफेयर नै हुँदैन । न उनीहरुले बिहेको कुनै तयारी नै गरेका हुन्छन् । किन यस्तो हुन्छ ? यदि तपाईंको बिबाह गर्ने उमेर भयो, यद्यपी तपाईं अझै सिंगल नै हुनुहुन्छ भने त्यसको कारण अनेक हुनसक्छ । आखिर तपाईं किन कसैसँग लभ रिलेसनमा रहनुभएन ? किन उमेर पुगेर पनि बिबाहको तयारी थाल्नुभएन ?

तपाईं आफु स्वयम्लाई बढी माया गर्नुहुन्छ
राजेश हमालले उमेर छिप्पिएपछि बिबाह गरे । बिबाह गर्नुअघिसम्म उनले संभवत सबैभन्दा बढी त्यही प्रश्न झेले, जुन हामीले चर्चा गरिरहेका छौं । उनको जवाफ के हुनसक्थ्यो भने, ‘मलाईं अहिले आफ्नैलागि पनि समय छैन ।’ त्यसबेला उनी अति व्यस्त थिए । आफ्नो व्यस्त दैनिकीकाबीच घर, परिवारलाई दिनुपर्ने समय उनीसँग थिएन सायद । बिबाह गरिसकेपछि आफ्नो करियरलाई त्यही गतिमा बढाउन पनि नसकिने, जति सिंगल हुँदा सकिन्छ ।  कहिले काहीँ तपाईं सोच्नुहुन्छ होला कि, तपाईंसँग परिवारलाई दिने समय छैन । यसको अर्थ के भने, तपाईं स्वयम्लाई प्रेम गर्नमा बढी तल्लिन हुनुहुन्छ । तपाईं अरुलाई भन्दा बढी आफैलाई महत्व दिनुहुन्छ । यही मनोविज्ञानले तपाईंलाई अर्को पाटर्नर पाउन वा खोज्न अनुकुलता मिलिरहेको छैन ।

तपाईं सम्झौता गर्न तयार हुनुहुन्न
जब हामी अर्का व्यक्तिसँग आफुलाई एकाकार गर्ने प्रयास गर्छौं, तब हामीले आफुलाई ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्न मिल्दैन । धेरै कुरामा सम्झौता गर्नुपर्छ । यदि तपाईं कुनैपनि कुरामा सम्झौता गर्न राजी हुनुहुन्न भने, तपाईंले अर्कासँग सम्बन्ध बनाउन सक्नुहुन्न । खासमा यो तपाईंको इगोभन्दा अरु केही होइन, जसको कारण तपाईं कसैको सहयोग वा एडजस्टका लागि तयार हुनुहुन्न ।

तपाईं अझै अतितमा हुनुहुन्छ
तपाईं अहिलेसम्म सिंगल हुनुमा तपाईंको अतित पनि जिम्मेवार हुनसक्छ कि, जब तपाईं कुनै सम्बन्धबाट भर्खर बाहिर आउनुभएको छ । अर्थात तपाईको ब्रेकअप भएको थियो । त्यही कुराले तपाईंलाई अहिलेपनि सताइरहेको छ । तर, भविष्यको सम्बन्धका लागि तपाईंले अतितको कुरा भुल्नु सर्बोत्तम बिकल्प हो ।

तपाईं सिंगल व्यक्तिबाट प्रभावित
बिबाह गर्नैपर्छ भन्ने केही छैन । बिबाहले नै जीवन पूर्ण हुन्छ भन्ने पनि छैन । समाजमा कति यस्ता व्यक्ति छन्, जो रिलेसनमा छैनन् । बिबाह गरेका छैनन् । यस्ता व्यक्तिहरु पारिवारिक वन्धनबाट उन्मुक्त भएर स्वतन्त्र ढंगले जीवन विताउन चाहन्छन् । तपाईं पनि यीनै व्यक्तिहरुको जीवनशैली, सोंचबाट प्रभावित भएको हुनसक्छ ।

तपाईं महसुष गर्नुहुन्छ कि, सम्बन्धको लागि तयार छैन
उमेरले मात्र पनि सबै कुरा हुँदैन । घर गृहस्थी समहाल्नका लागि आफुसँग आधार पनि चाहिन्छ । त्यस्तो आधार तय नभइसकेको अवस्थामा पनि तपाई अरुसँग सम्बन्धमा रहन चाहनुहुन्न । बिबाह गर्ने हतार गर्नुहुन्न ।

यस्तो छ साप्ताहिक राशिफल, २०७५ ज्येष्ठ २६ – आषाढ १ गतेसम्म

मेष :-
साता सरदर खालको रहनेछ । शनिबार उच्च खर्च हुन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार सर्वाधिक क्रियाशील रहनेछ । यश मिल्नेछ ।

वृष :-
साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार सबै प्रकारले लाभदायक रहनेछ । रवि, सोमबार सावधानयोग्य रहनेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । बृहस्पति, शुक्रबार बोलीवचनमा प्रभाव बढ्नेछ ।

मिथुन :-
साताको प्रायः दिन अनुकूल रहनेछन् । शनिबार सम्मानित भइनेछ । रवि, सोमबार नवीन आयस्रोत खुल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार उपयुक्त अवसर प्राप्त हुनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ ।

कर्कट :-
साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार कडा संघर्षपूर्वक कार्यक्रम बन्नेछ । मंगल, बुधबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । बृहस्पति, शुक्रबार व्यवधान बढ्नेछ ।

सिंह :-
साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । बृहस्पति, शुक्रबार महिलाका तर्फबाट लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

कन्या :-
साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार कठिनाइका साथ आटेको काममा सफलता मिल्नेछ ।

तुला :-
साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार आटे ताकेको काम सजिलै बन्नेछ । रवि, सोमबार दाम्पत्य जीवन सुखमय रहनेछ । मनोरञ्जन गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार धर्मकर्ममा अवरोध आउन सक्नेछ ।

वृश्चिक :-
साताको सुरु र अन्तिम बाहेकका सबै दिनहरु अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । मंगल, बुधबार अत्यन्त सुखद र रमाइलो रहनेछ । बृहस्पति, शुक्रबार शिथिल प्रायः रहनेछ ।

धनु :-
साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मावलीतिरबाट सन्तोष मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन रमाउनेछ ।

मकर :-
साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ ।

कुम्भ :-
साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीवचनमा सावधान रहनु पर्नेछ । रवि, सोमबार साताकै सर्वाधिक सफलता प्रदायक रहनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ बृहस्पति, शुक्रबार मनमा चिन्ता हुनेछ ।

मीन :-
साता मिश्रित रहनेछ । शनिबार भाग्योदय हुनेछ । उच्चस्तरीय कार्यक्रम बन्नेछ । रवि, सोमबार मध्यम रहनेछ । मंगल, बुधबार साताकै सर्वाधिक कार्यसिद्धिदायक रहनेछ । जोश, जाँगर बढ्नेछ । बृहस्पति, शुक्रबार शिथिल प्रायः रहनेछ ।

तपाइकाे आजको राशिफल (२०७५ ज्येष्ठ २७ गते आइतबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनाले मनमा उमङ्ग र उत्साहको कमी हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ । कडा मिहिनेत र परिश्रम गरेमा हाँकेको ताकेको काममा सफलता प्राप्त भई छाड्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।