बागेश्वरी सिङिङ्ग आईडलको उपाधी खजुराकी दिक्षा मगरलाई

कविन्द्र परियार/कोहलपुर १५ साउन/राष्ट्रिय संगितकर्मी संघ बाँकेकाको आयोजनामा संचालन भएको बागेश्वरी सिङिङ्ग आईडल २०७६ को उपाधी ज्ञानोदय नमुना मा.वि खजुराकी दिक्षा थापा मगरले हात पारेकी छिन । उनले उपाधी संगै नगद ५० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी हुन शनिबार नेपालगजमा भएको ग्रान्ड फाईनल बाट उनी उत्कृष्ट प्रस्तुतिका साथै आईडलको उपाधी उचालन सफल भएकी हुन । त्यस्तै आईडमा तक्षशिला एकेडेमी कोहलपुरकी अनुषा घिमेरे द्धितिय स्थान हासिल गर्न सफल भएकी छिन । उनले नगद ३० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी छिन । भने जनज्योति पब्लिक हाईस्कुलका आशिष चन्दले आईडलको तृतिय स्थान प्राप्त गर्न सफल भएका छन,। उनले नगद २० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेका हुन ।
त्यस्तै सगरमाथा ज्ञान पुञ्ज मा.वि किरणनाला कोहलपुरका सन्देश सुनारले थर्ड रनर अप अन्र्तगत उत्कृष्ट प्रस्तुतिको उपाधी हात पारेका छन । आईडलमा जेनिथ ई.मि स्कुल खजुराकी गरिमा सापकोटाले उत्कृष्ट पब्लिक भ्यु अर्वाड प्राप्त गरेकी छिन भने , प्रयत्न ई.मी स्कुल बानियाभारकी छात्रा करिश्मा शाही र जनज्योति पब्लिक हाईस्कुल कोहलपुरका हेमन्त शर्माले उत्कृष्ट बाल प्रतिभा अवार्ड हात पारेका थिए । त्यस्तै आईडलमा उत्कृष्ट २५ सहभागीलाई समेत सम्मान गरिएको छ । प्रदेश सभा सांसद आईपी खरेलले उद्घाटन गरेको कार्यक्रममा आईडलाई तिजमय बनाउन चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम,र तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहेको थियो ।
फाईनल राउण्डको अडिसनकोसंगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, लगायतको जुरी समुहले निर्णायको भुमिकाको निर्वाह गरेका थिए । राष्ट्रिय संगितकर्मी संघ बाँकेका सचिव तथा आईडल संयोजक ओम शर्माको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की , आईडलको मुख्य प्रायोजक नेपाल नागरिक उद्यम सहकारी संस्थाका अध्यक्ष ललित पहाडी लगायतको सहभागीता रहेको थियो आईडलमा बाँके जिल्लाका ५ वटा स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जनाले विद्यार्थीहरुले आईडलमा सहभागीता जनाएका थिए ।

बागेश्वरी सिङिङ्ग आईडलको ग्रान्ड फिनाले भोली हुने

कविन्द्र परियार/ कोहलपुर १३ भाद्र /बाँकेमा संचालन भईरहेको बागेश्वरी सिङिङ्ग आईडलको फाईनल भोली शनिबार १४ गते हुने भएको हो । ग्रान्ड फिनाले बिहान ९ बजे देखी नेपालगजको होटल सुनाखरीमा हुने आईडल संयोजक ओम शर्माले जानकारी दिए । राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन प्रतिभाको खोजी बागेश्वरी सिङिङ्गे फाईनलको तयारी समेत व्यापक पारिएको छ । शुक्रबार संघका पदाधिकारीहरुको बैठक बसी जिम्मेवारी समेत तोकिएको छ । आईडलाई तिजमय बनाउन चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम, तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहने बताईएको छ । त्यस्तै यस अघिका राउण्डमा निर्णाककको भुमिका निर्वाह गरेका आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, लगायतको पनि प्रस्तुति रहने बताईएको छ ।

बाँके जिल्लाका ५ वटा स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जना प्रतिस्पर्धीहरुबाट २५ जना सेमिफाईनल राउण्डमा प्रवेश गरेका थिए । तिनै २५ जना प्रतिस्पर्धीहरुले टपटेनका लागी प्रतिस्पर्धा गर्ने र टपटेनबाट उत्कृष्ट टप थ्री छनौट हुने आईडल संयोजक ओम शर्माले जनाकारी दिए ।फाईनल राउण्डको अडिसनको संगितकार यादवनाथ योगी,राष्ट्रिय नाच घरमा कार्यरत संगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गर्ने बताइएको छ । त्यस्तै फाईनल राउण्डमा पब्लिक जज र प्रस्तुति हेरेर ईन्टरनल नेपाल नागरिक उद्यम सहकारी संस्थाको प्रायोजन तथा निडेड टेक्निकल कलेज तथा दिपसन टुर एण्ड ट्राभल्सले सहयोग गरेका छन ।आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त आईडल संयोजक शर्माले जनाकारी दिए । आईडलको संचालन संचारकर्मी कल्पना कार्कीले गर्ने भएकी छिन ।

थारु गायक विश्वसागरको वान साइड लभ सार्वजनिक हुदै

चर्चित थारु गायक विश्वसागर परियार को वान साइड लभ नै सुहाइट टु साइड लभ करोना आपन खाली दिल म म्वार नाउके फम भर्देउना बोल्को थारु गित मा अहिलेकी चर्चित थारु मोडेल सुनिता दहित र नव कलाकार सन्दिप बिसिको दमदार अभिनय रहेको छ । बाँकेको रमणीय ठाउम छायांकन गरेको गित मा शब्द सङ्गीत सुनिल काहारले गरेका छन भने गीतमा विश्वसागर परियार र सुमन चौधरीले स्वर दिएका छन । यस गितका एरेन्जर मास्टर पुष्कर सुनुवारले गरेका छन । क्यामारा रामु चौधरी को रहेछ भने गीतको निर्देशन भने स्वयम गायक परियार ले आफै गरेका छन । नया वर्षलाई लक्षित गर्दै आर.के युट्टुव बाट सार्बजनिक गरिने लागेको गितको सोमबार सुटिङ्ग सकिएको छ ।

‘मनोज र जितुले हसाए, कालीप्रसादले नचाए’

कोहलपुर, फागुन १३
बाँकेको कोहलपुरमा शनिबार नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेल, जितु नेपाल, रवि डंगोल, जानुका केसीले दर्शकहरुलाई हसाएका छन् भने चर्चित गायक कालीप्रसाद बास्कोटाले गीतहरु गाउँदा दर्शकहरु नाचेका थिए ।
होटल व्यवसायी बाँकेको आयोजना तथा गोल्डेन वाकको आर्थिक सहयोगमा शनिबार कोहलपुरमा सम्पन्न भएको एक दिने बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले नेपालको वर्तमान अवस्थाका बारेमा व्यङ्ग्य प्रहार गरेका थिए । नेपालमा राजनीतिक स्थिरता कायम हुनुपर्ने भन्दै आम नेपाली जनता सचेत हुनुपर्ने बताए । वर्तमान नेपालका युवाहरु समाजिक सञ्जालको दुरुपयोग गरिरहेको अवस्थालाई आत्मासाथ गर्दै नेपालीहरुले समाजिक सञ्जाललाई गलत तरिकाले नबुझ्न उनले अनुरोधगरेका थिए ।
त्यस्ते चर्चित हाँस्य कलाकार जितु नेपाल, रवि डंगोल, जानुका केसीले नेपालका सबै युवाहरु विदेश जानुपर्ने अवस्था आएकाले देशको विकास हुन नसकेकोमा व्यङ्ग्य गरेका थिए । देशमा शान्ति आएपछि सबै क्षेत्रको विकास हुने भन्दै आर्थिक समृद्धिको बाटो तिर देशलाई लिनुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले नेपाली गीतहरुको व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गराई उपस्थित दर्शकहरुलाई हसाएका थिए ।
त्यस्तै कार्यक्रममा नेपालका चर्चित गायक कालीप्रसाद वास्कोटाले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नकालागि यस्ता साँस्कृति कार्यक्रमलाई जोडदिनुपर्ने बताएका थिए ।
यस्ता मेला महोत्सवको मध्यमबाट कोहलपुरको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई स्थानिय सरकारले पनि विशेष सहयोग गर्ने बताए ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आगामी चैत्र २० देखि २५ गतेसम्म कोहलपुमा हुन गइरहेको राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको होटल व्यवसायी बाँकेका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए ।

बलिउड अभिनेत्री श्रीदेवीको निधन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयाघातका कारण निधन भएको छ।

५५ बर्षीया उनको यूएईको दुवै स्थित आफ्नै घरमा निधन भएको भारतीय संचार माध्यामहरुले बताएका छन्। हृदयाघातका बेला उनका पति बोनी कपुर र छोरी खुसी उनीसँगै थिए। आफन्तको बिहे समारोहका लागि कपुर परिवारका सबै सदस्य दुवैमा थिए।

चार वर्षको उमेरदेखि नै फिल्मी करिअर शुरु गरेकी श्रीदेवीको जन्म सन् १९६३ को १३ अगस्टमा तमिलनाडुमा भएको थियो। तमिल फिल्म ‘कन्धन करुणई’मा उनले चार बर्षकी हुँदा नै अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन्। उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

सन् १९९७ मा आएको फिल्म ‘जुदाई’ पछि उनले १५ वर्षजति फिल्म खेलिनन्। फिल्ममा कमव्याक गरे पछि उनले सन् २०१२ मा ‘इङ्लिस–भिङ्लिस’ फिल्ममा अभिनय गरिन्।

श्रीदवेको सन् २०१७ मा फिल्म ‘मम’ रिलिज भएको थियो। लामो समय फिल्म क्षेत्रमा काम गरेकी उनको यो ३ सय औं फिल्म थियो।

नेपाली स्टुडियाेबाट

तनावमा सदाबहार सुन्दरी अभिनेत्री रेखा, यसरी चलाउँछिन आफ्नो गुजारा

बलिउडमा निकै सुन्दरी अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखाको जिवनमा निकै उतार चढाव आएको समाचारहरुले बेलाबखतमा संचार माध्यमका पानाहरु भरिने गरेका छन् । उनि जतीबेला प्रगतीको सिंडि चड्दै थिईन्, त्यतीबेला देखी एक्लो भैरहेकी छिन् । उनि अहिले सम्म अबिवाहीत छिन् ।

अहिले समय फेरीएको छ, रेखाको उमेर पनि ढल्कीएको छ । जिन्दगीको उत्तरार्धमा रहेकी रेखाले अहिले घर कसरी चलाईरहेकी छिन्, भन्ने कुरा सबैलाई खुल्दुली हुन सक्छ । किन कि आज भोली रेखाले फिल्महरुमा पनि त्यती काम गरेको देखीदैन ।

उनले अहिले वर्षमा मुस्किलले १,२ ओटा फिल्ममा मात्रै काम गर्ने गरेकी छिन्, । त्यति कामले वर्ष भरी घर चलाउन निकै समस्या हुन्छ ।

भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार रेखाले दक्षीण भारतमा केही घरहरु किनेकी थिईन, अहिले उनि त्यहिबाट घरभाडा उठाएर पनि खर्च चलाउने गरेकी छिन् । त्यसका अलावा अहिले उनि प्रदेश सभा सदस्य पनि भएकी छिन्, त्यताबाट पनि उनलाई तलब र केही भत्ता आउने गर्छ । यति हुँदा हुँदै पनि उनलाई आफ्नो दैनीक खर्च चलाउन निकै धौ धौ भएको भारतीय संचार माध्यहरुले उल्लेख गरेका छन् ।

युएई विरुद्ध खेल्न आज नेपाली टिम जाँदै

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम आज युएई प्रस्थान गर्दैछ।

नेपाली टिमले युएईसँगको च्याम्पियनसिप खेल्नुअघि अमेरिका र केन्यासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ।

मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो। यसअघि हङकङसँग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले स्थान बनाएका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसँग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु(१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु(१९ एसिया कपमा अफगानिस्तानसँग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

हङकङसँग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन(२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसँगै डिभिजन(२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन(२ मा उत्कृष्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप आगामी साता सकिँदै छ।

च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।

नेपाली टिम –

पारस खड्का ९ कप्तान ० , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

डब्लुसिएलका अन्तिम चरणका खेल मंसिर २० र २२ गते

नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्यान्ड
हङकङ भर्सेस पपुवा न्युगिनी
नेदरल्यान्डस भर्सेस नामिबिया

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना : चौधरी

नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भए पनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए ।

‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’ चोधरीले भने । त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उनले बताए । तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आज सम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, तीन हजार मेगावाटभन्दा बढीका पावर प्लान्ट निर्माण हुनु, तीन÷तीन ओटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।

बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुगेका चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पाटी भएको दाबी गरे ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गरे ।

ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले धार्मिक मान्यता, सद्भाव र प्राकृतिकरुपमा नेपाल संसारकै नमुना रहेकाले सबै क्षेत्रको विकास र दीर्घकालिन व्यवस्थापनबाट समृद्धि हाँसिल हुने चर्चा गरे । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा समेत सहभागी भए ।